Techie IT
Tuesday, December 16, 2025 | मंगलबार, पुस १, २०८२
२०८२ पुस १, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकर्णाली सरकारमा सहभागिताबारे कांग्रेस अझै अलमलमा

कर्णाली सरकारमा सहभागिताबारे कांग्रेस अझै अलमलमा

मन्त्री बन्न शक्तिकेन्द्र धाउँदै नेताहरु


सुर्खेत । कर्णाली प्रदेश सरकारमा कहिले र कसरी सहभागि हुने भन्नेमा नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेश अलमलमा परिरहेको छ ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेको सरकार बनेसँगै त्यहीं गठबन्धनको ‘साईड इफेक्ट’अन्तर्गत कर्णालीमा पनि सत्ता फेरबदल भइसक्नुपर्ने अवस्था थियो । तरकर्णाली प्रदेश सरकारको नेतृत्व हाल नेकपा एमालेले गरेको छ । केन्द्रमा भएको भनिएको काँग्रेस–एमाले सहमति सार्वजनिक नहुँदा कर्णालीमा यामलाल कंडेलले नै निरन्तरता पाउँछन् वा काँग्रेस नेतृत्वमा सरकार बन्छ भन्नेमा समेत अलमल देखिएको छ ।

तर, विभिन्न सूचनामा भने एमालेकै भागवण्डामा कर्णाली पर्ने सार्वजनिक भएसँगै माओवादीबाट कर्णाली सरकारमा सहभागी मन्त्रीहरु राजीनामा दिने ‘मुड’मा छन् । माओवादी मन्त्रीले राजीनामा दिएमा संघीयता स्थापना भएपछि पहिलोपटक प्रतिपक्षी दलका रुपमा कर्णाली प्रदेश सभामा उपस्थित हुनेछ ।

पहिलो कार्यकालमा नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाहीले सुरुमा तत्कालीन एमालेसँग सत्तासाझेदारी गरेका थिए भने त्यसपछि सदनमा भएको फ्लोरक्रससँगै नेपाली काँग्रेससँग सत्ता साझेदारी गरेका थिए ।

सोही कार्यकालमा जम्मा ६ सिट भएको नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने । उक्त सरकारमा समेत माओवादी सहभागी बन्यो, उतिबेला माओवादीका ११ जना नै मुख्यमन्त्रीदेखि मन्त्रीसमेत बनेका थिए ।

दोस्रो कार्यकालमा माओवादी नेता राजकुमार शर्मा सुरुमा एमालेको सर्मथनमा मुख्यमन्त्री बने । केन्द्रमा भएको सत्ता गठबन्धनका कारण त्यसपछि फेरि काँग्रेससँग सत्ता सहकार्य गर्न भ्याए ।

फेरि केन्द्रमा एमाले माओवादीको गठबन्धन हुँदा नेकपा एमालेका नेता यामलाल कंडेल मुख्यमन्त्री बने । मुख्यमन्त्री कंडेलको नेतृत्वमा अहिले माओवादीबाट चार मन्त्री सरकारमा सहभागी छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत, उर्जा मन्त्री रणसिंह परियार र सामाजिकविकास मन्त्रीमा वीरबहादुर शाही रहेका छन् ।

माओवादी मन्त्रीहरुले राजीनामा दिने भनेर तयारी भएको भएपनि मुख्यमन्त्री कंडेलले राजीनामा दिनेबारेमा हालसम्म माओवादी मन्त्रीलाई निर्देशन भने दिएका छैनन् ।

उनले माओवादी मन्त्रीलाई मात्रै होइन, काँग्रेसलाई सरकारमा सहभागी हुने बारेमा समेत कुनै छलफल गरेका छैनन ।

‘हामीलाई सरकारमा सहभागी हुनेबारेमा हालसम्म कुनै निर्देशन केन्द्रबाट आएको छैन । हालसम्म हामी प्रमुख प्रतिपक्षीमै छौं’, काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्ट भन्छन्, ‘केन्द्र तहमा छलफल भएको भए थाहा भएन । हाम्रो तहमा हालसम्म कुनैपनि छलफल, सरसल्लाह भएको छैन ।’

उता, नेपाली काँग्रेस संस्थापन समूहभित्र मन्त्री बन्न लुछाचुंडि भइरहेको पाइएको छ ।

कर्णालीमा काँग्रेसको संस्थापनइतर समूहमा कृष्ण विसि र सुरेश अधिकारी मात्रै छन् । संस्थापन समूहमा भने १३ जना रहेका छन् । तीमध्ये अधिकांश सांसदहरु अहिले मन्त्रीलाई बधाई दिने बहानामा मन्त्री पद ‘माग्न’ मन्त्रीका निवासदेखि मन्त्रालयसम्मै धाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो

नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । 

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

Techie IT