Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रधानमन्त्री ओलीका चार चुनौती, एक अवसर

प्रधानमन्त्री ओलीका चार चुनौती, एक अवसर


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएसँगै उनको काँधमा गम्भीर चुनौतीका चाङ थोपरिएका छन् । विगतमा पनि अनेक चुनौती छिचोलेरै अघि बढेका ओलीले यसपालि के गर्लान् ? चासोको विषय बनेको छ ।

सन्काहा स्वभाव र अहंकारी नेताको ट्याग भिराइएका ओलीलाई अहिलेका चुनौतीको सामना गर्नु चानचुने कुरा छैन । अनेक चुनौतीमध्ये ओलीका प्रमुख पाँच चुनौती यसप्रकार छन्–

चुनौती नम्बर नम्बर १: सरकार टिकाउनु

विभिन्न सानातिना दलसहितको अहिलेको सरकार लामो समयसम्म टिकाउनु ओलीका लागि निकै ठूलो चुनौती हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘विश्वासको मत लिनै सकस हुने’ दाबी गरिरहेका बेला चारतिर फर्किएका विभिन्न दलको चोचोमोचो मिलाउने कुरा कठिन छ ।

भागबण्डामा अलिकति चित्त नबुझ्नेबित्तिकै समर्थन फिर्ता लिने जोखिम पनि उत्तिकै छ । त्यसैले झिनामसिना सबै दलको चित्त बुझाएर सरकार टिकाइराख्नुनै ओलीको सबैभन्दा ठूलो चुनौती हो ।

चुनौती नम्बर २ः संविधान संशोधनका लागि दुईतिहाइ जुटाउनु

अहिले कांग्रेस र एमालेबीच गठबन्धन हुनुको खास कारण नै ‘संविधान संशोधन’ हो भनिएको छ । त्यसैले संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुको औचित्य पुष्टि गर्न पनि संविधान संशोधन गर्नैपर्ने हुन्छ ।

अहिले दुई दलबीच समानुपातिक प्रतिनिधित्वका आधारमा आउने सांसदलाई राष्ट्रियसभा सदस्यमा लैजाने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, प्रदेशसभामा समानुपातिकतर्फको प्रावधान हटाउने, पालिकाको संख्या घटाउनेलगायत विषयमा सहमति भएको भनिएको छ । तर त्यसका लागि आवश्यक पर्ने दुई तिहाई समर्थन जुटाउने कुरा चानचुने छैन ।

अहिले प्रतिपक्षमा रहेका तेस्रो दल माओवादी केन्द्रका ३२ र चौथो दल रास्वपाका २१ सिट र एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को १० सिट छ ।

सरकारलाई उनीहरुको साथ र सरकारमा सहभागी साना दलहरूको मर्म र भावनालई ख्याल गरेर अघि बढ्न कठिन छ । र, प्रतिनिधिसभाबाट संविधान संशोधन प्रस्ताव पारित भए पनि राष्ट्रियसभामा गएर अड्किने सम्भावना व्यापक छ । किनकि, राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र नै संविधान संशोधनको विपक्षमा उत्रने निश्चित छ ।

चुनौती नम्बर ३: सुशासन कायम गर्नु

कांग्रेस–एमाले गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नुपर्ने चुनौती छ । अघिल्लो सरकारले सुशासनको भाषण छाँटेर केही पनि काम नगरेको आरोप लागेको थियो । र, अहिलेको सरकारले केही न केही गरेरै देखाउनुपर्ने छ ।

चुनौती नम्बर ४: समृद्धिको नारालाई व्यवहारमा उतार्नु

कतिपयले प्रधानमन्त्री ओलीलाई भिजिनरी नेताका चित्रण गर्छन् त कतिले हावादारी गफ दिने नेताका रुपमा । तर जे पनि यसपालि समृद्धिको पक्षमा केही न केही महत्वपूर्ण काम गरेर देखाउनैपर्ने चुनौती छ, ओली सरकारसँग । विगतमा पानी जहाज, रेल र सुरुङ निर्माणबारे दिएका गफलाई व्यवहारमा उतार्न ओलीले यसपालि निकै कसरत गर्नुपर्ने देखिन्छ ।

यी सबै चुनौतीका बाबजुद प्रधानमन्त्री ओलीसँग एउटा सुन्दर अवसर छ– सत्कर्म गरेर स्वर्णअक्षरमा नाम लेखाउने । ओलीले उल्लेखित चुनौतीको सामना गर्दै सफल प्रधानमन्त्री हुन्छन् कि हुँदैनन् ! त्यो भने समयक्रमले नै बताउनेछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT