Techie IT
Saturday, July 12, 2025 | शनिबार, असार २८, २०८२
२०८२ असार २८, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रधानमन्त्री ओलीका चार चुनौती, एक अवसर

प्रधानमन्त्री ओलीका चार चुनौती, एक अवसर


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री भएसँगै उनको काँधमा गम्भीर चुनौतीका चाङ थोपरिएका छन् । विगतमा पनि अनेक चुनौती छिचोलेरै अघि बढेका ओलीले यसपालि के गर्लान् ? चासोको विषय बनेको छ ।

सन्काहा स्वभाव र अहंकारी नेताको ट्याग भिराइएका ओलीलाई अहिलेका चुनौतीको सामना गर्नु चानचुने कुरा छैन । अनेक चुनौतीमध्ये ओलीका प्रमुख पाँच चुनौती यसप्रकार छन्–

चुनौती नम्बर नम्बर १: सरकार टिकाउनु

विभिन्न सानातिना दलसहितको अहिलेको सरकार लामो समयसम्म टिकाउनु ओलीका लागि निकै ठूलो चुनौती हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘विश्वासको मत लिनै सकस हुने’ दाबी गरिरहेका बेला चारतिर फर्किएका विभिन्न दलको चोचोमोचो मिलाउने कुरा कठिन छ ।

भागबण्डामा अलिकति चित्त नबुझ्नेबित्तिकै समर्थन फिर्ता लिने जोखिम पनि उत्तिकै छ । त्यसैले झिनामसिना सबै दलको चित्त बुझाएर सरकार टिकाइराख्नुनै ओलीको सबैभन्दा ठूलो चुनौती हो ।

चुनौती नम्बर २ः संविधान संशोधनका लागि दुईतिहाइ जुटाउनु

अहिले कांग्रेस र एमालेबीच गठबन्धन हुनुको खास कारण नै ‘संविधान संशोधन’ हो भनिएको छ । त्यसैले संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुको औचित्य पुष्टि गर्न पनि संविधान संशोधन गर्नैपर्ने हुन्छ ।

अहिले दुई दलबीच समानुपातिक प्रतिनिधित्वका आधारमा आउने सांसदलाई राष्ट्रियसभा सदस्यमा लैजाने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, प्रदेशसभामा समानुपातिकतर्फको प्रावधान हटाउने, पालिकाको संख्या घटाउनेलगायत विषयमा सहमति भएको भनिएको छ । तर त्यसका लागि आवश्यक पर्ने दुई तिहाई समर्थन जुटाउने कुरा चानचुने छैन ।

अहिले प्रतिपक्षमा रहेका तेस्रो दल माओवादी केन्द्रका ३२ र चौथो दल रास्वपाका २१ सिट र एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को १० सिट छ ।

सरकारलाई उनीहरुको साथ र सरकारमा सहभागी साना दलहरूको मर्म र भावनालई ख्याल गरेर अघि बढ्न कठिन छ । र, प्रतिनिधिसभाबाट संविधान संशोधन प्रस्ताव पारित भए पनि राष्ट्रियसभामा गएर अड्किने सम्भावना व्यापक छ । किनकि, राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र नै संविधान संशोधनको विपक्षमा उत्रने निश्चित छ ।

चुनौती नम्बर ३: सुशासन कायम गर्नु

कांग्रेस–एमाले गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नुपर्ने चुनौती छ । अघिल्लो सरकारले सुशासनको भाषण छाँटेर केही पनि काम नगरेको आरोप लागेको थियो । र, अहिलेको सरकारले केही न केही गरेरै देखाउनुपर्ने छ ।

चुनौती नम्बर ४: समृद्धिको नारालाई व्यवहारमा उतार्नु

कतिपयले प्रधानमन्त्री ओलीलाई भिजिनरी नेताका चित्रण गर्छन् त कतिले हावादारी गफ दिने नेताका रुपमा । तर जे पनि यसपालि समृद्धिको पक्षमा केही न केही महत्वपूर्ण काम गरेर देखाउनैपर्ने चुनौती छ, ओली सरकारसँग । विगतमा पानी जहाज, रेल र सुरुङ निर्माणबारे दिएका गफलाई व्यवहारमा उतार्न ओलीले यसपालि निकै कसरत गर्नुपर्ने देखिन्छ ।

यी सबै चुनौतीका बाबजुद प्रधानमन्त्री ओलीसँग एउटा सुन्दर अवसर छ– सत्कर्म गरेर स्वर्णअक्षरमा नाम लेखाउने । ओलीले उल्लेखित चुनौतीको सामना गर्दै सफल प्रधानमन्त्री हुन्छन् कि हुँदैनन् ! त्यो भने समयक्रमले नै बताउनेछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति

नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका

विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन

काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन्

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो

पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको

Techie IT