Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनलाई सुनिताको कडा चुनौती, सरोज गुरागाईंबिना कार्यपालिका बैठक राख्न नससकिने अडान

बालेनलाई सुनिताको कडा चुनौती, सरोज गुरागाईंबिना कार्यपालिका बैठक राख्न नससकिने अडान

डुंगा प्वाल पारेर खोला तर्ने प्रयास नगर्न सुवाव


काठमाडौं, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले डुंगा प्वाल पारेर खोला तर्ने प्रयास नगर्न मेयर बालेन साहलाई चुनौती दिएकी छिन् । प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट लगायतका महत्वपूर्ण कार्यमा अवरोध पुर्याउन नहुने उपमेयर डंगोलको भनाइ छ ।

सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले आवेग र उत्तेजनामा होइन संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी हुन आग्रह गरेकी हुन् । काठमाडौं महानगरको नगर कार्यपालिकाको बैठक नबसेको ८–९ महिना भइसइसकेको छ । महिनैपिच्छे बस्नुपर्ने बैठक ८–९ महिनासम्म नबस्दा महानगरका थुप्रै–थुप्रै काम प्रभावित भएका छन् ।

कुनै नयाँ काम गर्नै सकेको छैन । बजेट खर्चको अवस्था निकै दयनीय छ । मेयर–उपमेयरबीच बोलचाल बन्द छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच पानी बाराबार छ । अरु वडाअध्यहरुलाई त मेयर शाह रहस्यमयी पात्र जस्ता लाग्छन् । जनताको प्रतिनिधि मेयर शाह जनताकै पहुँचभन्दा बाहिर छन् ।

महानगरविरुद्ध दिनुहुँजसो अनिमिताताको उजुरी परिरहन्छन् । यी सबै घटनाक्रमले पुष्टि गर्छ कि, काठमाडौं महानगरका मेयर बालेन साह पूर्णतः असफल भइसके । तर, यहाँ कोही भन्छन्– बालेनलाई कांग्रेस–एमालेका जनप्रतिनिधिले काम गर्नै दिएनन् । अर्थात् उनलाई असफल बनाउन कांग्रेस एमालेका कार्यकर्ता घुँडा धसेर लागेका छन् ।

यद्यपि, बुझ्न पर्ने कुरा यो छ कि, सफल नेता त्यो हो, जसले आफ्नो टिमका अधिकांशको मन जित्छ । तर दुर्भाग्य बालेनले महानगरमा आफ्नोबाहेक कसैको मन जित्न सकेनन् । र पनि उनका समर्थक यस्ता छन् कि– ललितपुरको ग्वार्कोमा ओभरपास बनेको जश पनि बालेनलाई नै दिइरहेका छन् । यसैबीच उपमेयर सुनिता डंगोलले बजेटका लागि एक्सन लिएकी छिन् ।

जसअनुसार उनले बुधबार आफ्नै अध्यक्षतामा बैठक राखेर बजेटबारे छलफल गरेकी छिन् । सम्भवतः उपमेयर सुनिताको पहलमा केही समयपछि नै भए पनि काठमाडौं महानगरको बजेट आउनेछ । र, फेरि पनि जश चाहिँ मेयर बालेनले नै पाउनेछन् । तर अश, अपजश जसले पाए पनि महानगरले बजेट ल्याउनै पर्छ ।

कोही–कसैको व्यक्तिगत इगोको सिकार काठमाडौं महानगरलाई बनाइनु हुँदैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT