Techie IT
Wednesday, October 15, 2025 | बुधबार, असोज २९, २०८२
२०८२ असोज २९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?

अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?


काठमाडाैं । कुनैबेला   हरेक  शुक्रबार  सामाजिक सञ्जालमा स्टाटस लेख्ने बालेन साह अचेल मौन छन् । सरकारलाई सराप्दा–सराप्दा हैरान भएपछि ‘के माया लाग्छ र ?’ भन्नेसम्मको स्टाटस लेख्न भ्याएका  बालेनले  अचेल स्टाटस नलेख्नुलाई धेरैले चासोपूर्वक हेरेका छन् ।

यतिसम्म कि, उनले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जबरजस्ती  कार्यालय  प्रवेश गराएको मात्रै होइन, आफ्ना सारथि नगरी प्रहरी प्रमुख  राजुनाथ पाण्डेलाई हटाउँदा समेत केही स्टाटस लेखेनन् । पछिल्लो समय उनी निकै विवादित भइरहेका छन् । र काठमाडौं महानगरमा पनि केही न केही घटनाहरु भइरहेका छन् ।

हरेक  घटनासँगै धेरैको चासो हुन्छ कि, बालेनको  स्टाटस के आउला ? भनेर । तर  उनी अचेल लेख्दैनन् । आफ्नी श्रीमतीलाई  ट्राफिक प्रहरीले चेकजाँच गर्दासमेत सिंहदरबार जलाइदिन्छु भनेर स्टाटस लेख्ने बालेनको त्यो दम अहिले कता हरायो ? बालेनको अहिलेको मौनताबारे धेरैले धेरै कोणबाट विश्लेषण गरिरहेका छन् । कतिपयले बालेनले मौनता साँधेर  शक्ति सञ्चय गरिरहेको कोणबाट हेर्नेहरु पनि धेरै छन् ।

कोही कोहीले भने बालेनले हार खाएको कोणबाट पनि विश्लेषण  गरिरहेका छन् । केही क्रेजी फ्यानहरु भने बालेन अब  झन् प्रभावकारी नायकका रुपमा आउने प्रतीक्षा गरिरहेका छन् । तर सत्य यो कि, बालेन आफूले काम गर्नै नसकेको तीतो वर्तमानबाट गुज्रिरहेका छन् । मेयर भएको तीन वर्षसम्म पनि उनले देखिने गरी केही काम गर्न सकेका छन् ।

उनका  समर्थकहरुले   काठमाडौंमा रुखको  पात हरियो हुनुको जश पनि बालेनलाई दिइरहेका छन् । तर, भौतिकरुपमा काठमाडौं महानगरले केही काम गर्नै सकेको छैन । सुरुसुरुमा दुईचार ठाउँमा डोजर चलाएर हाइहाइ पाएका बालेनलाई आफ्नो साख जोगाउन कठिन भएको छ ।

अन्धभक्त समर्थकले जे–जे भने पनि काम गर्नै नसकेको आत्मग्लानीका कारण बालेन नराम्ररी निचोरिएका छन् । त्यसैले उनी अचेल कुनै स्टाटस लेख्दैनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् ।

सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए…

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका

Techie IT