Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप

बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप


काठमाडाैं । पछिल्लो समय अतिविवादित बन्दै गएका काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयमा मात्रै ६ जना कर्मचारी खटिएको पाइएको छ । सूचनाअनुसार मेयर साहको सचिवालयमा सातौं तहका अधिकृतदेखि कार्यालय सहयोगीसम्म कार्यरत छन् ।

उनको सचिवालयको वरीयतामा सबैभन्दा माथि आउँछन्, स्वकीय सचिव भुपदेव साह । सातौं तहमा कार्यरत साहले मासिक करिब ६० हजार रुपैयाँ तलब खाँदै आएका छन् । त्यस्तै उनले दुई पाङग्रे एउटा सवारी साधनसँगै पेट्रोल तथा डिजेल र मासिकरुपमा सञ्चार भत्ता पाइरहेका छन् ।

त्यस्तै बालेनको सचिवालयमा काम गर्ने दोस्रो नम्बरका कर्मचारी हुन्– फोटोग्राफर विनय शाक्य र नविन भण्डारी । उनीहरु स्वकीय सहायकका रुपमा पाचौँ तहमा कार्यरत छन् । उनीहरुले मासिक ५०–५० हजार तलब खान्छन् ।

त्यस्तै पार्वती ओली र रेणुका गुरुङ प्रथम स्तरको कर्मचारीका रुपमा बालेनको सचिवालयमा छन् । कार्यालय सहयोगीका रुपमा कार्यरत उनीहरुको तलब करिब ३०–३० हजार छ । यससँगै महेश भण्डारी हल्ला सवारी चालक पदका कार्यरत रहेका छन् । उनले पनि ३० हजारभन्दा बढी नै तलब खान्छन् । महानगरपालिकाको वेवसाइटमा भने महानगर प्रमुखको सचिवालयमा १६ जना कार्यरत रहेका उल्लेख छ ।

सचिवालयको संख्याको कुरा त सामान्य हो । पछिल्लो समय मेयर साह अनेक विवादमा छन् । खासगरी करिब ७ महिनादेखि कार्यपालिका बैठक राख्न नसकेका कारण उनको आलोचना बढेको छ । नगर कार्यपालिकाका कोही पनि सदस्य आफ्नो पक्षमा पार्न नसकेका मेयर बालेनको दैनिकी र कार्यशैली पनि विवादित बनेको छ । रहस्यमयी कथाका राजकुमार जसरी प्रस्तुत भइरहेका बालेनले जनतासँग फेस गर्न नसकेको पनि आरोप छ ।

त्यस्तै आफ्नो कार्यकक्षमा जानका लागि मात्रै छुट्टै लिफ्ट बनाएको मात्रै होइन, बेग्लै जिमखाना बनाएको विषयले पनि बालेन विवादित छन् । अझ बजेट ल्याउने दिन नजिकिँदै जाँदा बालेनले गर्ने हरेक कामप्रति जनचासो बढेको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT