Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयुवा संघको नेतृत्वका लागि आधा दर्जन नेता दौडधूपमा

युवा संघको नेतृत्वका लागि आधा दर्जन नेता दौडधूपमा

महासचिवमा महेश चौलागाईंदेखि निरोज पौडेलसम्मको चर्चा


काठमाडौं । नेकपा एमालेको सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिने भ्रातृ संगठन युवा संघ नेपाल महाधिवेशनको संघारमा छ । जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने दशौं महाधिवेशनबाट चुनिने नेतृत्वप्रति अहिले धेरैको चासो छ ।

करिब दुई हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले अध्यक्षसहित नौजना पदाधिकारी चुन्नेछन् । अधिवेशनबाट अध्यक्षको दौडमा अहिलेका अध्यक्ष क्षितिज थेवेदेखि अहिलेका महासचिव सुमन पुरीसम्म छन् । थेवेले भने सर्वसम्मत भएमात्रै आफू अध्यक्षमा दोहोरिने बताइरहेका छन् ।

त्यस्तै, दोलखाका महाराज गुरुङ, अहिलेका प्रवक्ता कृष्णहरि केसी र प्रकाश गौतमले पनि अध्यक्षका लागि दौडधुप गरिरहेका छन् । बुझिएअनुसार अन्तिममा थेवेले गुरुङलाई समर्थन गर्ने र गुरुङनै अध्यक्ष हुने सम्भावना प्रबल छ । त्यस्तै महासचिवमा सिन्धुपाल्चोकका महेश चौलागाईं, अहिलेका सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा र पर्वत भण्डारीले आकांक्षा व्यक्त गरेका छन् ।

यीमध्ये सिन्धुपाल्चोकका चौलागाईंको सम्भावना धेरै रहेको चर्चा छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT