Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

तर, राजावादी संगठनहरुनै प्रसाईंको विपक्षमा


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएपछि राजावादी भएका, मनलाग्दी बोलेर र सरकारको विरोध गरेर चर्चामा आएका र व्यवसायमा अतिविवादित छवि बनाएका दुर्गा प्रसाईं मंगलबार दोस्रोपटक पक्राउ परे । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली कागजात बनाएर आममानिसमा भ्रम छर्न खोजेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । र, उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको छ ।

कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा प्रधानमन्त्री ओलीले अर्बौ लगानी गरेको नक्कली कागजात बनाएर दुष्प्रचार गरेको प्रमाणित भएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो । विगतदेखिनै पक्राउ परेर नागरिक सेन्टिमेन्ट बटुल्न प्रयास गरिरहेका प्रसाईं एक हिसाबले सफल भएका छन् । तर, उनको अनुमान थियो कि– आफ्नो पक्राउविरुद्ध हज्जारौं मानिस सडकमा उत्रनेछन् र सरकार गल्नेछ ।

उनले उनले कुप्रचारवाला सामग्री सार्वजनिक गर्नेबित्तैकै सामाजिक सञ्जालमा लेखे– यो सरकारले मलाई जुनकुनै बेला पक्राउ गर्न सक्छ, तपाईंहरुले आन्दोलनको आँधिवेहरी ल्याउनू ! त्यस्तै पक्राउ पर्दै गर्दा पनि उनले भने– ‘मैले भ्रष्टाचार गरेको छैनँ, भ्रष्टाचारीविरुद्ध बोल्दा सरकारले पक्राउ गर्यो ।’ त्यसो भनिरहँदा उनले बुझेनन् कि त्यसरी देशका प्रधानमन्त्रीको नक्कली कागजात बनाएर दुष्प्रचार गर्नु पनि भ्रष्टाचार नै हो ।

जे होस्, प्रसाईं पक्राउ परेका छन् । उनीबारे प्रहरीले गहिरो अनुसन्धान गर्ला । अदालतबाट एउटा फैसला आउला । तर, यहाँ रोचक कुरा यो छ कि, प्रसाईं पक्राउको विरोधमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आन्दोलन गर्न आन्तरिक रुपमा उर्दी जारी गरेको खुलेको छ । पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । तर, ती संगठनका प्रमुखहरुले आफ्नो हैसियत नमिल्ने भन्दै पूर्वराजाको प्रस्तावलाई अस्वीकार गरेको बुझिएको छ । यससँगै ७ गते हुने भनिएको सरकारविरोधी प्रदर्शन पनि अन्योलमा परेको छ ।

प्रसाई त एक पात्र मात्रै हुन्, पछिल्लो समय स्वतन्त्रको नाममा राजवादीहरुको रगरगी बढिरहेको छ । अहिले केही राजावादीहरू यस्तो सोच्दैछन् कि, स्वतन्त्र हुनु भनेकै राजाको पक्षमा जनमत बढ्नु हो । दललाई गाली गर्ने सबै मान्छेलाई राजावादी देखेर राप्रपा पनि मख्ख पर्छ । अनि राजा पनि मुख मिठ्याउँदै देवीथानहरू चहार्न थाल्छन् । अहिले यस्तो भएको छ कि– जसले पुराना दललाई ज्यादै सराप्न जान्यो वा सक्यो, उ नै देशप्रेमी जस्तो ! ‘दलका पालामा भन्दा त राजाकै पालामा विकास भएको थियो’ भन्ने मान्छे खतरनाक विश्लेषक जस्तो ! ‘अब जे गर्छ, स्वतन्त्रले गर्छ– पुराना दलका दिन गए’ भनेर चिच्याउने मान्छे भविष्यद्रष्टा जस्तो ! भाषा र लय मिलाएर फटङफटङ बोल्न जान्ने मान्छे नै ‘तीन करोड नेपालीका एकमात्र प्रतिनिधि’ जस्तो !

पूर्वराजा वा राजावादीहरू चाहिरहेका छन् कि– दिन दुगुणा, रात चौगुणा स्वतन्त्रको पक्षमा लहर उठोस् । अनि त्यसले दलीय व्यवस्था ढालेर निर्दलीय राजतन्त्रात्मक व्यवस्था ल्याइदेओस् ! जनतालाई पनि परेको छ कि, राजाको पालामा त व्यापकै भएको थियो, अब पनि राजतन्त्र आयो भने त एकाध वर्षमै देशले काँचुली फेर्छ । यस्तै भ्रमको खेतीलाई मीठो बोलेर मलजल गरिरहेका छन्– रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाही हरू ।

कोही राजावादीहरू बालेनलाई सिंहसनमा राखेको ट्रोल बनाएर आनन्द लिइरहेका छन् । कोही रविलाई भगवान् भनेर पूजाकोठामा सजाइरहेका छन् । कुनै अदृश्य शक्तिले चामत्कारिक ढंगमा विकासको बहार ल्याइदेओस् भनेर कल्पना गर्नेहरू नै स्वतन्त्रलाई उचालिरहेका छन् । र, उनीहरूकै आडमा दलीय व्यवस्था ध्वस्त भएको हेर्न चाहिरहेका छन् ।

परम्परागत दलले देशको अवस्था र जनअपेक्षाअनुसार काम नगरेको सत्य हो । अनेक बहानामा जनतामाथि खेलेको पनि सत्य हो । तर, यो देशमा दलले भन्दा राजाले राम्रो गरेका थिए भन्ने भ्रम फैलाउने छुट कसैलाई छैन । यो देशलाई यसरी यति धेरै पछाडि पार्नुमा राजा र राणाहरूकै हात छ । एकाध राजमार्ग बनेको देखाएर दलीय व्यवस्थालाई सराप्ने छुट लोकतन्त्रले नै दिएको हो ।

सयौं वर्ष शासन गर्दा कतै पुल त कतै स्कुल बनाइए होलान् । त्यो ठूलो कुरा होइन । सारमा, समाजमा वर्ग निर्माण गरी विभेदलाई संस्थागत गर्नेबाहेक राजा र राणाले केही गरेनन् । यो नै सच्चाइ हो । त्यसैले दलले गलत गरे भन्दैमा राजा ठीक भन्नै सकिन्न । किनकि, तरकारीमा नुन चर्को भयो भन्दैमा दिसा ठीक त भन्न भएन नि !

स्वतन्त्रवालाहरूमा पनि राजाकै झल्को आउन थालेको छ । ‘अदालत र प्रशासनलाई मान्दिनँ’ भन्छन् बालेन । भक्तीगान गाउनेबाहेकलाई देखिसहन्नन् रवि ! रविभक्तको झन् खतरनाक प्रवृत्ति छ– भगवानको स्तुति नगाउनेलाई श्रद्धाञ्जलि दिइहाल्ने ! यसरी स्वतन्त्रमा बढ्दो ‘राजावाला फिलिङ्स’, राजावादीमा बढेको रगरगी र जनतामा हुर्किरहेको भ्रम खतरनाक छ ।

त्यसैले, अहिले शासन गरिरहेका वा अहिलेको व्यवस्था ल्याउन संघर्ष गरेका दलहरू आरोप–प्रत्यारोपभन्दा माथि उठेर मुलुकको हितमा एकजुट नहुने हो भने राजनीतिमा निर्मम दुष्परिणामको सामना गर्न तयार हुनुपर्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT