गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रुपन्देही अदालतमा रविविरुद्ध छुट्टै मुद्दा दर्ता हुने रुपन्देही अदालतमा रविविरुद्ध छुट्टै मुद्दा दर्ता हुने स्वर्णलक्ष्मीको अपचलनबारे बयानका लागि काठमाडौं ल्याइँदै स्वर्णपत्र बुधबार, २०८१ कात्तिक २८ गते, १२:४३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि छुट्टै मुद्दा दर्ता हुने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको छ । र, त्यहाँ उनको बयान लिन सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले ऋण लिएको देखिएको छ । २ करोड ऋणमध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई भने बयान गराएर मंगलबार काठमाडौं पठाइएको छ । लामिछानेलाई पनि भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन