Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसंगठित अपराध ठहरिए रविको राजनीतिनै सकिने खतरा, के छ सम्भावना ?

संगठित अपराध ठहरिए रविको राजनीतिनै सकिने खतरा, के छ सम्भावना ?


काठमाडौं । एउटा मान्छेको एउटा जीवनमा कतिधेरै आरोह–अवरोहको सामना गर्नुपर्ला ? यसको यकिन उत्तर त हुँदैन । किनकि, हरेकलाई आफ्नै जीवनका उकाली–ओराली खास लाग्छन् । तै पनि, पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको जीवन औसत मान्छेको भन्दा बढीनै उतारचढावपूर्ण छ ।

उनी यस्ता पात्र हुन्, जसलाई केही दिनअघि प्रहरीका हाकिमहरुले सलाम ठोक्छन्, केही दिनपछि पक्राउ पर्छन् । त्यो पनि पटक–पटक । अहिले सहकारी ठगीको अभियोगमा पक्राउ परेका उनीमाथि संगठित अपराधको समेत आरोप छ । र, संगठित अपराधमा संलग्न भएको ठहरिए उनको राजनीति भविष्य नै समाप्त हुने खतरा छ ।

दुई वर्षअघि पार्टी दर्ता गरेर संसद्मा २१ सिटसहित राजनीतिमा चर्चा कमाएको रास्वपा र त्यसका सभापति लामिछानेको राजनीतिक भविष्यमाथि बादन मडारिएपछि रास्वपाका केही इमानदार कार्यकर्ता निराश भएका छन् । तर, केही नेता भने लामिछानेपछि पार्टी नेतृत्वका लागि आफ्नो पालो आउनेमा आशावादी पनि देखिएका छन् ।

सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी ठगीबारे प्रष्ट उल्लेख गरेको छ भने सोही ऐनको दफा १२४ मा सहकारी ठगीमा हुने सजायसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सहकारी ठगीमा संलग्नलाई ठगिएको रकमअनुसार कम्तीमा १ देखि ४ वर्षसम्म कैद र विगोअनुसार जरिवाना हुने व्यवस्था छ ।

यदि, सहकारीको सदस्य नभएको व्यक्तिले ऋण लिएमा त्यो स्वतः ठगी हुने सहकारी ऐनमै उल्लेख छ । लामिछानेको हकमा उक्त ऐन आकर्षण हुने देखिन्छ । त्यस्तै, संगठित अपराध निवारण ऐन २०७० अनुसार ३ वा ३ जनाभन्दा बढी व्यक्ति वा समूह मिलेर गरेको सामूहिक अपराधलाई कानुनले संगठित अपराध मानेको छ ।

गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शनलगायत सिवभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ऋण प्रवाह भएको र उक्त रकम रविसमेतको हस्ताक्षरमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकाल्दै रवि लामिछाने, छविलाल जोशी र जीबी राईमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रकम अपचलन भएको भन्दै यीबाहेक ५० भन्दा बढी व्यक्तिहरूमाथि समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । तीमध्ये छवि जोशीसहित दर्जन बढी व्यक्तिहरू पक्राउ परी अनुसन्धानको दायरामा छन् । सहकारी ठगीमा मुख्य प्रतिवादी मानिएका गितेन्द्रबहादुर राई (जीबी) लामो समयदेखि फरार छन् ।

संसदीय विशेष छानबिन समितिको प्रमाणसहित प्रहरीले रविमाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ । यदि, लामिछाने संगठित अपराधमा दोषी ठहर भए पार्टी सभापति र सांसद पद गुम्ने छ भने चुनाव कहिल्यै लड्न नपाउने गरी राजनीतिक बन्देज लाग्ने कानुनका विज्ञहरूले बताएका छन् ।

सहकारीबाट तत्काल अपचलनमा देखिएको गोरखा मिडिया नेटवर्कको ६५ करोड ५४ लाखसहित ८७ अर्ब रकम फिर्ता हुने विषयमा सरकारको तर्फबाट समेत खासै केही हुन सकेको छैन । रकम ठगी गर्नेहरूलाई कारबाही गर्ने र धमाधम थुन्ने मात्रै गर्दा बचतकर्ताले रकम फिर्ता पाउने सम्भावना झनै क्षीण हुँदै जाने सहकारी सञ्चालक तथा सम्बन्धित विज्ञहरूले टिप्पणी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT