Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि व्यवस्था परिवर्तनकै लागि लड्नुपर्ने हो ?

फेरि व्यवस्था परिवर्तनकै लागि लड्नुपर्ने हो ?


काठमाडौं । हामीलाई कुनै पनि व्यवस्था किन चाहिन्छ ? अर्थात्, व्यवस्था परिवर्तनकै लागि कोही पनि नागरिक किन लड्ने ?
हाम्रो विगत यस्तो छ कि, व्यवस्था परिवर्तनकै लागि धेरैपटक लडिइसकियो । राणाविरुद्ध लडेर प्रजातन्त्र ल्याइयो । हज्जारौंको बलिदानीपछि राजतन्त्र फालेर गणतन्त्र ल्याइयो । कहिले पञ्चायत, फालेर बहुदल ल्याइयो । केन्द्रीयताको ठाउँमा संघीयता ल्याइयो । हुँदाहुँदा अब ल्याउँन बाँकीनै केही छैन । रै त पनि अझै व्यवस्थालाई दोष दिँइँदैछ । भनिँदैछ– संविधान नसच्याएसम्म देशमा समृद्धिको बहार आउँदैन, जनताको मुहारमा खुसी छाउँदैन । अनि, त्यहीं पत्याएर हामी लठ्ठ छौं, मख्ख छौं । र परिआए फेरि लडाइँ लड्का लागि तयार छौं ।

तर अब हामीले बुझ्न जरुरी छ कि, के व्यवस्थाकै कारण हाम्रो अवस्थामा परिवर्तन नआएको हो ? विश्वमा राजतन्त्र भएका देश पनि निकै सुन्दर र समृद्ध छन् । गणतन्त्र भएका देशका नागरिक पनि सुखी र खुसी छन् । त्यसैले व्यवस्था आफैंमा सही या गलत हुँदैन, होइन । सदुपयोग गरे विष पनि अमृत हुनसक्छ, दुरुपयोग गरे अमृत पनि विष बन्नसक्छ ।

अब कसैले भनेका ‘वाहियात’ कुतर्कका पछाडि नलागी हामी आफैंले धारणा निर्माण गर्न जरुरी छ । रोग लागेपछि उपचार गर्न जानुभन्दा आत्महत्या गर्न मन लाग्ने अवस्थाको जड कुन व्यवस्था हो ? स्कुल फी सम्झेर गर्भपतन गराउनुपर्ने अवस्थाको अन्त्य गर्न कुन व्यवस्था चाहिन्छ ? काम गर्दागर्दै ऋणले टुप्पी डुबेपछि बानेश्वर चोकमा आफ्नै शरीरमाथि पेट्रोल छर्किएर आगो झोस्नुपर्ने अवस्था, कुन व्यवस्थाले ल्याएको हो ? पसिना सिंचेर पाखो झिजाउँदासमेत दुई छाक खान नपुग्ने भएपछि ज्यानबाजी राखेर अरब जानुपर्ने अवस्था आउन नदिन कुन व्यवस्था चाहिन्छ ?

नागरिक आँशुको आहलमा छन् । अभावले चिरिएको घाउमा आश्वासनको मल्हम दलिरहेका छन् । नागरिकको त्यहीं सोझोपनमाथि ताण्डव नाचिरहेछन्, नेताहरु– नयाँ हुन्, या पुराना । व्यवस्थाभित्रको कुरुप चित्र हेर्न धेरै टाढा जानै पर्दैन । ताजा केही घटना र नाटकहरुलाई हेरे पुग्छ । सुदूरपश्चिममा फेरि नयाँ सरकार बनेको छ । कर्णालीमा मन्त्रीहरु थपिएका छन् । अरु–अरु प्रदेशमा पनि उसैगरी मन्त्री बन्ने र हट्ने क्रम जारी छ ।

कोशीमा एक वर्षभित्र पाँचपटक सरकार बनेको र गिरेको हामीले देखेकै हो । गण्डकीमा ‘एक डन सांसद’ धेरैपटक मन्त्री बनेकोमा आफैं दंग छन् । करिब करिब सबै प्रदेशमा पटक–पटक गरेर सबैजसो सांसद मन्त्री बनेका छन्, बन्दैछन् । यो एउटा यस्तो देश हो, जहाँ स्थानीय तहका प्रमुखहरुभन्दा सांसदहरु धेरैछन् । र, प्रायः सांसदहरु मन्त्री हुन्छन् ।

भन्यो भने प्रतिगामी जस्तो होइन्छ, तर संघीयताको नाममा अहिलेनै भएजस्तो प्रदेश संरचनाको उपादेयता के हो ? यसले देशलाई समृद्ध बनाउन र नागरिकलाई खुसी बनाउन कस्तो भूमिका खेलेको छ ? केन्द्रले दिएको बजेट खान र बाँड्नकै लागि हो भने यो संरचना नै किन चाहियो ? यति वाहियात संरचनाको विपक्षमा बोल्दा पनि प्रतिगामीको ट्याग लाग्ला भनेर कोही किन डराउनुपर्ने अवस्था छ ? हुनतः यो देश यसरी उँधो लाग्नुको प्रमुख दोष कुनै पनि व्यवस्था वा प्रणालीको होइन । तै पनि संघीयताको नाममा भिराइएको प्रदेश संरचनाले बदनाम राजनीतिलाई झन् दुर्नाम बनाएको छ ।

कोही भन्छन्– यो व्यवस्था यति खराब छ कि, यहाँबाट समृद्धिको परिकल्पना नै गर्न सकिँदैन । कोही भन्छन्– लडेर ल्याएको यो व्यवस्था जोगाउन जे पनि गर्न तयार छौं । तर आमनागरिक पूरै गुमराहमा छन् । व्यवस्था कुन गलत ? कुन सही ? किनकि, उनीहरुको अवस्थामा थोरै भए पनि सुधार ल्याउने व्यवस्था कसैले ल्याउन सकेनन् । अहिले देशका ठूला भनिएका दलहरु नै मिलेर सरकार बनाएका छन् । र, उनीहरुले संविधान संशोधन गरेर देशमा स्थायित्व ल्याउने दाबी गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT