Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्र२.२३ प्रतिशतले बढ्यो सेयर बजार

२.२३ प्रतिशतले बढ्यो सेयर बजार


काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो । २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढ्यो ।

अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो ।भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।

त्यहीं मौकामा आज कारोबारी यस समूहमा आकर्षित देखिए । अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा करिब २२ अर्बको दाबी भुक्तानी माग गर्दै आवेदन परेको छ । नोक्सान भएको सम्पत्तिको वास्तविक मूल्यांकन गरेर मात्रै पछि बीमा भुक्तानी हुने हो, जसमा पुनर्बीमामार्फत पनि ठूलो रकम प्राप्त हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT