Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलकाठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन

काठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन

ईभीमा चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने


काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट स्कुटर बिक्री सुरु गर्नुअघि नै गोगोरोले ब्याट्री–स्वापिङ पूर्वाधार विस्तार गरेको हो ।

गोगोरो यस्ता स्वाप स्टेसनहरू रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा राखिएको जनाएको छ । प्रयोगकर्तालाई छिटो र सहज ब्याट्री उपलब्ध गराउने गरी यस्तो पूर्वाधार विस्तार गरिएको कम्पनीको भनाइ छ ।

ब्याट्री स्वाप गर्न ६ सेकेन्ड मात्र लाग्ने भएकाले सवारीधनीले चार्जिङका लागि पर्खनुपर्ने समस्या हट्ने कम्पनीको दाबी छ । हाल यी स्टेसनहरू पेट्रोलपम्प, सुपरमार्केट तथा व्यस्त स्थानहरूमा राखिएकोछ ।

गोगोरोको नेपालस्थित आधिकारिक वितरक नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले काठमाडौंमा दैनिक १०० भन्दा बढी ब्याट्री स्वाप भइरहेको जानकारी दिए । उनले गोगोरोको दीर्घकालीन योजनाअनुसार नेपालमा स्मार्ट इलेक्ट्रिक यातायात प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यी ४५ स्वाप स्टेसनहरू कम्पनीको पहिलो चरणको विस्तार मात्र भएको उनले बताए ।

गोगोरोले ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल र सिंगापुरसहित नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा

काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

Techie IT