काठमाडौं । विद्युतीय सवारीसाधन सञ्चालनका लागि अग्रणी स्थानमा रहेको सुन्दर यातायातले देशका विभिन्न सहरहरुमा पनि विद्युतीय गाडी सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको प्रयोगलाई बढाउँदै आएको सुन्दर यातायातले देशका मुख्य सहरहरू बुटवल, भैरहवा, हेटौडा, बीरगञ्ज र नारायणघाट, भरतपुर, टाढी , पर्सा, चितवन, नेपालगञ्ज र कोहलपुरमा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागेको हो ।

नगरभित्र चलिरहेको अटोको ठाउँमा सुविधा सम्पन्न विद्युतीय बसहरु सञ्चालन गर्न लागिएको सुन्दर यातायातले जनाएको छ ।
सुन्दर यातायातले काठमाडौंसँगै लामो र छोटो दूरीका थुप्रै ठाउँमा यात्रु बस सञ्चालन गरेको छ ।
प्रदूषणरहित हुने र इन्धनका लागि खर्च नलाग्ने भएपछि नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ ।