Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलविद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी

विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी


काठमाडौं । पछिल्लो समय नेपाली उपभोक्ताको विद्युतीय सवारीसाधनप्रति लोभलाग्दो ढंगमा आकर्षण बढिरहेको छ । तथांकअनुसार पछिल्ला तीन वर्षमा विद्युतीय गाडी ईभीको आयात ह्वात्तै छ । जसले ईभीप्रति नेपाली उपभोक्ताको आकर्षणलाई पुष्टि गर्छ ।

चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्मको अर्थात् ६ महिनामा कुल ८ हजार ५९ वटा साना सवारी साधन आयात भएकोमा ५ हजार ६९६ वटा ईभी मात्र छन्। यो कुल साना गाडी आयातको ७१ प्रतिशत हो।

यसबीचमा आयात भएका पेट्रोलियम इन्धनबाट चल्ने गाडी २९ प्रतिशत अर्थात् २ हजार ३६३ मात्र छन्। गत आर्थिक वर्षको तुलनामा हलुका सवारी साधन आयातमा पेट्रोलियम इन्धनबाट चल्ने गाडीको संख्या उल्लेख्य घटेको छ।

अनि विद्युतीय गाडीको आयात बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार २०८०–८१ को साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ७ हजार ८०१ हलुका सवारी आयात हुँदा ६५ प्रतिशत अर्थात् ५ हजार ५१ ईभी गाडी भित्रिएका थिए भने पेट्रोलियम इन्धनबाट चल्ने गाडी ३५ प्रतिशत अर्थात् २ हजार ७५० मात्रै भित्रिएका थिए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा

काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

Techie IT