Techie IT
Monday, November 24, 2025 | सोमबार, मंसीर ८, २०८२
२०८२ मंसीर ८, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसाबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन -२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सफलभयो ।

जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रनको योगदान दिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा ११ खर्चेर सन्दीपले ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एकरएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २ /२ र आदित्य मेहताले एक विकेट लिए । जनकपुर पहिलो खेलमा काठमाण्डु गोर्खाजसंग पराजित भएको थियो । विराटनगरले भने सुरुआती दुवै खेलमा जित निकालेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल

जेन जी आन्दोलनको मर्मअनुसार एमालेले आमनिर्वाचनभन्दा अघि नै अर्थात मंसिरमै महाधिवेशन गर्न लागेको छ । यसअघि नै विधान महाधिवेशन गरिसकेको

Techie IT