काठमाडौं । विभिन्न नामका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग छन् ।
जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ । सरकार कता जाने भन्ने टुँगोमा नै नरहेको उनीहरुले आरोप लगाएका छन् । यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन ।
विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहिद परिवारका माग यो सरकारले तत्काल सम्वोधन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरीएको छ । यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसकेमा सरकारलाई फिर्ता बोलाई आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन राष्ट्रपनिलाई आग्रह गरेको छ ।
अन्यथा यस सरकारको विरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम गर्ने चेतावनी पनि दिइएको छ । ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कारवाही, जेन्जी घाइतेहरुको उपचार र जेनजीका सहिद परिवारको उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ ।