Techie IT
Sunday, November 9, 2025 | आईतबार, कात्तिक २३, २०८२
२०८२ कात्तिक २३, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङबब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि आर्थिक लेनदेनको आरोप लगाएका छन् । सुकुम्बासी बस्तीमा डोजर चलाउने महानगरको अल्टिमेटम सकिएपछि त्यहाँ पुगेका प्रसाईंले गुप्ताले भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर गुप्ता मन्त्री बनेको दाबी गरेका हुन् ।

भिक्टर पौडेल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति भएको उनको भनाइ छ । पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जालका सञ्चालक हुन् र मेयर शाहका नजिकका मानिन्छन् ।

सुकुम्बासी बस्तीमा उपस्थित प्रसाईंले आफूले त्यहाँका बस्ती भत्काउन नदिने प्रतिबद्धता जनाए। उनले मेयर शाहले गरिब र श्रमिक वर्गको उठिबास लगाएको आरोप पनि लगाए । प्रसाईंले अब फेरि सुकुम्बासीको घरमा डोजर चलाउन खोजे बालेकै घर भत्काइदिन पनि उर्दी जारी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान

। समानुपातिक सांसदका लागि उम्मेदवारी आह्वान गर्ने निर्णयसँगै रास्वपाको विस्तारित बैठक सकिएको छ । बैठकले समानुपातिक उम्मेदवारीका लागि विभिन्न आचारसंहिता

Techie IT