काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुन् लागेको हो ।
त्रिपक्षीय छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् । जेनजीबाट १४ जना र बिभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा त्रिपक्षीय छलफल पहिलो पटक हुन लागेको हो ।
कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बने पछि आज पहिलो पटक त्रिपक्षीय छलफल हुन लागेको हो । सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा छलफल गर्दै आएको थियो । आज भने सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त छलफलमा बस्न लागेका हुन् । यसअघि यही कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले बालुवाटारमै सर्वदलीय बैठक राखेकी थिइन् ।
त्यसअगाडि गत असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक राखेका थिए । कतिपयले चुनाव हुनेमा संका व्यक्त गरिरहेका बेला सरकारले भने चुनावको वातावरण बनाउने प्रयास अन्तर्गत छलफल गर्दै आएको जनाएको छ ।
सरकार भने जसरी भएपनि चुनाब गर्नुपर्छ भन्ने लाईनमा छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय छलफल राखेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। त्सैले गर्दा पनि होला अहिलेको सरकारले फागुन २१ गते चुनाव गराउन संघष गरीरहको बुझिन्छ ।