Techie IT
Friday, October 3, 2025 | बिहीबार, असोज १६, २०८२
२०८२ असोज १६, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति

जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति

तीन समूहले गरे बहिष्कार, सुदनको नामै बेपत्ता


काठमाडौं । २४ घण्टामै देशको सत्ता फेर्न सफल भएको जेन जी आन्दोलनको जश–अपजश कसले लिने भन्नेमा लफडा देखिएको छ । यतिसम्म कि, आन्दोलनको जश लिन दर्जनौं समूहको होडबाजी छ भने भने अपजश लिन कोही पनि तयार छैनन् । ‘झटारो जहाँ लाग्यो, त्यहीं निसानी’ भन्ने शैलीमा भएको जेन जी आन्दोलनका कारण मुलुकमा थुप्रैखाले परिवर्तन भए ।

तर बिडम्बना, त्यहीं आन्दोलन गरेको भनिएको समूहबीच नै चरम लफडा देखिएको छ । जेनजी जनआन्दोलनको म्यान्डेट संस्थागत गर्न राष्ट्रपतिसँग वार्ता गर्ने भन्दै घोषणा भएको ११ सदस्यीय टोली भित्रनै लफडा भएको हो । सरकारसँग आफ्ना मागहरू तत्काल पूरा गर्न माग गर्दै हिजो मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, लगायतका सदस्यहरूको एउटा टोली उनीहरूले बनाएका थिए ।

उक्त टोलीकै सदस्य रहेकी रक्षा बमले भने आफ्नो त्यसमा समर्थन नगरेको प्रस्ट पारेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले थाहा नै नदिई ,एकतर्फी ढङ्गले आफ्नो नाम वार्ता टोलीमा राखेको भन्दै असहमति जनाएकी हुन्। आन्दोलनको रापतापमा आफ्नो रोटी सेक्न खोज्ने फरक फरक अनुहार र समूहहरू पनि जन्मिइरहेको भन्दै त्यो निकै नै गम्भीर र दुखद कुरा रहेको उनको भनाइ छ ।

यसमा सबै चनाखो र सचेत हुनु जरुरी रहेको उनी बताउँछिन् । त्यस्तै यता अर्को तीन समूहले भने जेन जी आन्दोलनको वार्ता टोलीलाई बहिष्कार गर्ने निर्णय गरेका छन् । समूहकाअनुसार वार्तामा संलग्न केही व्यक्तिहरू अघिल्लो पटकमा संघीयता, गणतन्त्र र लोकतन्त्रविरोधी अभिव्यक्तिहरू दिँदै आएका छन्, जसका कारण उनीहरूप्रति विश्वास नरहेको जनाइएको छ ।

साथै, यही असोज ८ र ९ गतेको बैठकमा शान्ति सुरक्षाका सन्दर्भमा असहज र अपारदर्शी ढंगले कार्य भएको भन्दै समावेशी सहभागिता सुनिश्चित नगरेको ती समूहले बताएका छन् । यता नेपाली सेनासँगै भारतलके आधिकारिक मानेको सुदन गुरुङलाई भने जेन जी समूहले आफ्नो प्रतिनिधिका रुपमा स्वीकार गरेको छैन ।

उता सुदन भने यो देशको संविधान राख्ने कि फाल्ने, मन्त्री कसलाई बनाउने ? भन्ने तनावमा छन् । यसरी ठूलो उपलब्धीको सम्भावना हुँदाहुँदै पनि जेन जी समूहको निश्चित नीति र नेतृत्व नहुँदा आन्दोलन नै तुहिने सम्भावना बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई…

काठमाडौं । जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई

तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि…

काठमाडौं । पछिल्लो समय रास्वपामाथि एकपछि अर्को बज्रपात परिरहेको छ । प्रभावशाली नेतृ सुमना श्रेष्ठसँगै तीन केन्द्रीय सदस्यले पार्टी छाडेको

Techie IT