Techie IT
Thursday, September 18, 2025 | बिहीबार, असोज २, २०८२
२०८२ असोज २, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङअध्यादेशमार्फत निर्वाचन प्रणाली फेर्ने तयारी, जेन–जीसँगै विदेशमा हुने नेपालीले पनि भोट हाल्ने पाउने

अध्यादेशमार्फत निर्वाचन प्रणाली फेर्ने तयारी, जेन–जीसँगै विदेशमा हुने नेपालीले पनि भोट हाल्ने पाउने

प्रत्यक्ष निर्वाचित कार्यकारीका लागिसमेत कसरत


काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँगको छलफलमा यसका लागि सहयोगसमेत मागेका छन् ।

छलफलमा गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको भन्दै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने बताएका हुन् । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन आवश्यक रहेको बताए ।

त्यस्तै सरकारले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसप्रति आयोग पनि सकारात्मक रहेको बताइएको छ । यससँगै सरकारले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि पनि कसरत गर्ने जनाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

घर जलेका पूर्वप्रधानमन्त्रीसँगै नेताहरुको विजोग

वर्षौदेखि राजनीतिमा जमेका देशका पूर्वप्रधानमन्त्रीसँगै थुप्रै नेताहरुको अहिले विजोग भएको छ । जेन जी आन्दोलनका क्रममा घर जलेपछि अहिले उनीहरु

Techie IT