गृहपृष्ठ ∕ ब्रेकिङ ∕ कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने स्वर्णपत्र बुधबार, २०८२ असोज १ गते, १२:३१ मा प्रकाशित ब्रेकिङ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ । #राष्ट्रिय परीक्षा बोर्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की ८ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै