Techie IT
Monday, October 13, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रकाठमाडौं महानगरमा ६८ करोड रुपैयाँ अनियमितता भएको प्रमाण भेटियो

काठमाडौं महानगरमा ६८ करोड रुपैयाँ अनियमितता भएको प्रमाण भेटियो


काठमाडौं । काठमाडौं महानगरमा ६८ करोड रुपैयाँ अनियमितता भएको प्रमाण भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले महानगरमा ६८ करोड रूपैयाँभन्दा बढी अनियमितता भएको ठहर गरेको हो ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदनअनुसार काठमाडौं महानगरमा दर्जनौं शीर्षकअन्तर्गत घोटाला भएको उल्लेख छ ।

यतिसम्म कि, भटाभट भुक्तानी गरेको महानगरसँग कतिपय निकास भएको रकमको त हिसाबकिताब नै छैन । मेयर बालेन साहका सल्लाहकारले विदेश भ्रमण गरेको रकममाथि पनि प्रश्न उठिरहेको छ । महालेखा परीक्षकले विदेश घुमघाममा भएको ५२ लाख ५४ हजार ७७ रूपैयाँ ७५ पैसा खर्चलाई पनि अनियमित ठहर गरेको छ ।

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करणमा सहभागी हुन एक्लैलाई निमन्त्रणा आएकोमा बालेनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साललाई पनि फ्रान्स लगिएको थियो ।

उनीहरूले विदेशमा गरेको लाखौं खर्चको भुक्तानी महानगरको ढुकुटीबाट गरिएको थियो । सो भ्रमणमा २० लाख ४९ हजार १६५ रूपैयाँ खर्च भएको थियो । महालेखाले सो खर्चलाई बेरुजु बताएको छ ।

त्यसैगरी, बालेन र सुनिल ‘मेट्रोपोलिस बोर्ड अफ डिरेक्सन मिटिङ’ का लागि ब्राजिल गएका थिए । उनीहरूको हवाई भाडाबापत १० लाख २३ हजार रूपैयाँ खर्च भएको छ ।

महालेखाले त्यसलाई पनि अनियमित भनेको छ । महानगरले आफ्ना कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको भ्रमण व्यवस्थापन गरेको थियो । उनीहरूलाई मुलुकका विभिन्न स्थानसहित भारत र बंगलादेश घुमाइयो । सो भ्रमणमा महानगरको १९ लाख ७४ हजार ६७५ रूपैयाँ सकिएको छ ।

महालेखाले घुमघाममा भएको उक्त खर्चलाई पनि बेरुजु ठहर गरेको छ । यसबारे सोधपुछ गर्न अख्तियारले बालेनलाई बोलाएको छ । त्यस्तै सहकारीको रकममा पनि अपचलन भएको बुझिएको छ ।

महालेखाका अनुसार महानगरले समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । त्यस्तै महानगरले कर उठाउने मामलामा पनि पक्षपात गरेको आरोप छ ।

महालेखाका अनुसार महानगरले अजेयराज सुमार्गी पोखरेल, बतास अर्गनाइजेशन प्रालि, राजेश तुलाधर, शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालि, अञ्जु गुरुङ, बोन्डर्स नेपाल प्रालि, देवेन्द्रबहादुर भण्डारी, नेपाल नेशनल हस्पिटल प्रालि, श्री प्रकाश र राजप्रकाश श्रेष्ठ, देवकुमार नेपालीबाट चार करोड ७५ लाख १७ हजार ५९ रूपैयाँ बहाल कर उठाउन बाँकी छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

सुनको मूल्य तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले

एकै दिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला

सुनको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा

२.२३ प्रतिशतले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ ।

Techie IT