गृहपृष्ठ ∕ वित्तपत्र ∕ अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता ग्लोबल आइएमई र लक्ष्मी सनसाइज बैंकले गर्ने भए लगानी स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ३० गते, १७:२० मा प्रकाशित वित्तपत्र काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजना प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकहरुबीच वित्तीय सम्झौता सम्पन्न भएको हो । आयोजनामा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको हो । आयोजना निर्माणका लागि बैंकहरुले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रूपैयाँ रहेको छ । सम्झौताअनुसार आयोजनामा बैंकहरूले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी सौर्य होल्डिङले हकप्रद सेयरमार्फत उठाएको पुँजीबाट गर्ने उल्लेख छ । निर्माण सुरू भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गरिने लक्ष्य राखिएको छ । #अपर मेवाखोला तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ… काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३… बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ६ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ७ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्