Techie IT
Wednesday, December 24, 2025 | बुधबार, पुस ९, २०८२
२०८२ पुस ९, बुधबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रअपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

ग्लोबल आइएमई र लक्ष्मी सनसाइज बैंकले गर्ने भए लगानी


काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजना प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकहरुबीच वित्तीय सम्झौता सम्पन्न भएको हो ।

आयोजनामा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको हो । आयोजना निर्माणका लागि बैंकहरुले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।

आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रूपैयाँ रहेको छ । सम्झौताअनुसार आयोजनामा बैंकहरूले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी सौर्य होल्डिङले हकप्रद सेयरमार्फत उठाएको पुँजीबाट गर्ने उल्लेख छ । निर्माण सुरू भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गरिने लक्ष्य राखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT