Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रलप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

लप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

एनएमबीसहित चार बैंकसँग भयो वित्तीय व्यवस्थापन सम्झौता


काठमाडौं । दोलखाको बिगुमा बन्न लागेको ४२ मेगावाट क्षमताको लप्चे तामाकोशी जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच आयोजना र बैंकहरुबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो । ७ अर्ब लगानीमा निर्माण हुने आयोजनाका लागि एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । साथै एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ ।

२ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ । एनएमबि बैंकका चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग दिनेश दुलाल तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरेका छन् ।

कार्कीले एनएमबि बैंकसँग योसहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT