Techie IT
Wednesday, December 24, 2025 | बुधबार, पुस ९, २०८२
२०८२ पुस ९, बुधबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रलप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

लप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

एनएमबीसहित चार बैंकसँग भयो वित्तीय व्यवस्थापन सम्झौता


काठमाडौं । दोलखाको बिगुमा बन्न लागेको ४२ मेगावाट क्षमताको लप्चे तामाकोशी जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच आयोजना र बैंकहरुबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो । ७ अर्ब लगानीमा निर्माण हुने आयोजनाका लागि एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । साथै एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ ।

२ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ । एनएमबि बैंकका चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग दिनेश दुलाल तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरेका छन् ।

कार्कीले एनएमबि बैंकसँग योसहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT