Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रनिजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल

निजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल


काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशको उद्घाटनका अवसरमा बोल्दै उनले विकासका लागि नीतिगत स्थायित्वका साथसाथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्न समेत आवश्यक भएको धारणा राखे ।

‘निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ । रोजगारी सिर्जना गरेको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ । तर पछिल्लो समय आम मानिसमा गलत भाष्य छर्ने गरि कतिपय गतिविधि भएका छन् । जसले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरेको छ । यसमा परिवर्तन आवश्यक छ’, उनले भने ।

सरकारले गरेका पछिल्ला नीतिगत सुधारले निजी क्षेत्र लगानीको वातावरण बन्नेमा विश्वस्त रहेको बताउँदै उनले यसकोे कार्यान्वयनका लागि छिट्टै नियमावली र कार्यविधि ल्याउन आग्रह गरे ।

उनले यसबाट नेपालको व्यवसायिक गतिविधिमा सुधार ल्याउने आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने छ भन्ने निजी क्षेत्रले विश्वास लिएको समेत बताए ।

नेपालमै ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेकोमा जोड दिँदै उनले निजी क्षेत्रको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक इन्भेस्टमेन्ट कम्पनीको स्थापना गरी काम अगाडि बढाइएको बताए ।

अध्यक्ष ढकालले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताउँदै महासंघले व्यवसायिक वातावरण सुधार र लगानी प्रवद्र्धनलाई आप्‌mनो उच्च प्राथमिकतामा राखेको र यसमा सरकार र अन्य निकायहरुसंग समन्वय र सहकार्य खोजिरहेको धारणा राखे ।

आर्थिक विकासका लागि सकारात्मक वातावरण निर्माण गर्न र लगानी बढाउन आग्रह गर्दै उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगहरूलाई प्राथमिकता दिन आगामी बजेटले सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से

Techie IT