Techie IT
Friday, May 9, 2025 | शुक्रबार, वैशाख २७, २०८२
२०८२ वैशाख २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलअध्ययनको निष्कर्षः पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय सवारीसाधन टिकाउ हुने

अध्ययनको निष्कर्षः पेट्रोल र डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय सवारीसाधन टिकाउ हुने


काठमाडौं । पेट्रोल र डिजेलबाट चल्ने परम्परागत गाडीभन्दा विद्युतीय सवारीसाधन बढी टिकाउ र भरपर्दो हुने तथ्य सार्वजनिक भएको छ । बर्मिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले पेट्रोल वा डिजेलबाट चल्ने कारभन्दा विद्युतीय कार बढी भरपर्दो भएको निष्कर्ष निकालेको हो ।

अनुसन्धानकर्ताले बेलायतका सडकमा गुड्ने लगभग ३० करोड गाडीको ‘स्वास्थ्य’ परीक्षणको तथ्याङ्कलाई विश्लेषण गरेका थिए । सन् २००५ देखि २०२२ सम्मको यातायात मन्त्रालय परीक्षणको तथ्याङ्क प्रयोग गरेर गाडीको आयु र विभिन्न पावरट्रेनको टिकाउ दरको विस्तृत विश्लेषण गरिएको थियो । यस तथ्याङ्कलाई विश्लेषण गर्दा सुरुवाती चरणका विद्युतीय गाडी पेट्रोल वा डिजेल गाडीभन्दा कम भरपर्दो र कम टिक्ने देखाएको छ । तर, पछिल्लो समयमा ईभीमा भएको तीव्र विकासले गर्दा नयाँ विद्युतीय गाडीको आयु आईसीई गाडीको जत्तिकै भएको पाइएको रिपोर्टमा उल्लेख छ ।

नेचर इनजर्कीमा प्रकाशित उक्त अध्ययनले विद्युतीय गाडीहरू औसतमा १८.४ वर्षसम्म टिक्ने र एक लाख २४ हजार माइलसम्म गुड्न सक्ने देखाएको छ । यो तथ्याङ्क आईसीई गाडी औसत आयु भन्दा धेरै हो । विद्युतीय गाडीको विकासका लागि भएको ठूलो लगानीका कारण पछिल्ला वर्षहरूमा यसको विश्वसनीयतामा उल्लेख्य सुधार आएको छ ।

यस अध्ययनले विद्युतीय गाडीका ब्याट्री कम्तीमा २० वर्ष टिक्ने र सोचेभन्दा कम क्षमता गुमाउने देखाएको छ । यस अध्ययनमा बर्मिङ्घम विश्वविद्यालय, लन्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई), युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो र स्विट्जरल्याण्डको युनिभर्सिटी अफ बर्नका अनुसन्धानकर्ता संलग्न थिए । उनीहरूले टेस्ला विद्युतीय गाडीको आयुको हिसाबले अग्रस्थानमा रहेको पत्ता लगाएका छन् । आईसीई गाडीमा भने अडी र स्कोडा उत्कृष्ट रहेको पाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा

काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको

काठमाडौं उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट

Techie IT