Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रमल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा लाभांश रकम फिर्ता नगरेको पाइएको छ । लामो समयदेखि उक्त सहकारी छाडि सकेका सदस्य विनोद पराजुली, श्रीमती जानुका पराजुली र छोरी बिनु पराजुलीको नाममा रहेको करिब ३२ लाख रुपैयाँ सहकारीले नदिएको पीडित पराजुलीले वताएका छन् ।

सहकारी छाडिसकेपछि पटक–पटक आफ्नो शेयर बचत तथा लाभांश फिर्ताका लागि सबै प्रकृया पूरा गरेर अनुरोध गरेपनि हालसम्म कुनै पनि रकम फिर्ता नगरिएपछि आफूहरु अन्यायमा परेको पराजुली परिवारले बताएको छ ।

पटक–पटकको छलफलमा फिर्ता गर्छु भन्ने सहकारीका वर्तमान अध्यक्ष अनसन शाखले रकम फिर्ता नगरेका मात्रै हैनन्, उनका परिवारका सबै सदस्यहरुको खातानै रोक्का गरीदिएका छन् । सहकारीका अन्य सन्चालक तथा कर्मचारीहरुले रकम फिर्ता गर्न कुनै समस्या नरहेको वताउदै आएपनि अध्यक्ष शाखले बदनियतपूर्वक आफ्नो ठूलो हिस्साको रकम ठगी गर्न खोजेको पराजुलीको आरोप छ ।

पछिल्लोपटक काठमाडौं महानगरपालिकामै भएको दुईपक्षीय छलफलमा पनि अध्यक्ष शाखले तुरुन्तै रकम फिर्ता गर्ने सहमति गरेका थिए । ‘तर बर्षौं बितिसक्यो रकम फिर्ता भएन’, भने ।

अनेकौं प्रयासका बाबजुत पनि रकम फिर्ता नभएपछि आफू मिडिया र कानूनी उपचारको माध्यम लिन बाध्य भएको पराजुली परिवारले वताएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से

Techie IT