Techie IT
Tuesday, December 23, 2025 | मंगलबार, पुस ८, २०८२
२०८२ पुस ८, मंगलबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रमल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा लाभांश रकम फिर्ता नगरेको पाइएको छ । लामो समयदेखि उक्त सहकारी छाडि सकेका सदस्य विनोद पराजुली, श्रीमती जानुका पराजुली र छोरी बिनु पराजुलीको नाममा रहेको करिब ३२ लाख रुपैयाँ सहकारीले नदिएको पीडित पराजुलीले वताएका छन् ।

सहकारी छाडिसकेपछि पटक–पटक आफ्नो शेयर बचत तथा लाभांश फिर्ताका लागि सबै प्रकृया पूरा गरेर अनुरोध गरेपनि हालसम्म कुनै पनि रकम फिर्ता नगरिएपछि आफूहरु अन्यायमा परेको पराजुली परिवारले बताएको छ ।

पटक–पटकको छलफलमा फिर्ता गर्छु भन्ने सहकारीका वर्तमान अध्यक्ष अनसन शाखले रकम फिर्ता नगरेका मात्रै हैनन्, उनका परिवारका सबै सदस्यहरुको खातानै रोक्का गरीदिएका छन् । सहकारीका अन्य सन्चालक तथा कर्मचारीहरुले रकम फिर्ता गर्न कुनै समस्या नरहेको वताउदै आएपनि अध्यक्ष शाखले बदनियतपूर्वक आफ्नो ठूलो हिस्साको रकम ठगी गर्न खोजेको पराजुलीको आरोप छ ।

पछिल्लोपटक काठमाडौं महानगरपालिकामै भएको दुईपक्षीय छलफलमा पनि अध्यक्ष शाखले तुरुन्तै रकम फिर्ता गर्ने सहमति गरेका थिए । ‘तर बर्षौं बितिसक्यो रकम फिर्ता भएन’, भने ।

अनेकौं प्रयासका बाबजुत पनि रकम फिर्ता नभएपछि आफू मिडिया र कानूनी उपचारको माध्यम लिन बाध्य भएको पराजुली परिवारले वताएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT