Techie IT
Saturday, June 13, 2026 | शनिबार, जेठ ३०, २०८३
२०८३ जेठ ३०, शनिबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्ररोनाल्डोले खोले युट्युब च्यानल, ९० मिनेटमै १० लाख सस्क्राइब

रोनाल्डोले खोले युट्युब च्यानल, ९० मिनेटमै १० लाख सस्क्राइब


काठमाडौं । सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् । एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् । युट्युबमा ‘यूआर क्रिस्टियानो’ नामको च्यानल खोल्नेबित्तिकै उनका प्रशंसकहरू उत्साहित देखिएका छन् ।

च्यानल खोलेपछि सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पु¥याउने रोनाल्डो पहिलो व्यक्ति भएका छन् । उनले च्यानल खोलेको ९० मिनेटमै १० लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए । ४ घण्टामै उनको सब्सक्राइबर ५० लाख नाघेका थिए ।

उनले युट्युब च्यानल खोलेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । उनले १० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटनसमेत पाइसकेका छन् । १ करोड सब्सक्राइबर पुगेपछि पाउने डायमन्ड बटनका लागि समेत योग्य भइसकेका छन् । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेका पोर्चुगिज स्टार रोनाल्डो यतिबेला भने साउदी प्रोलिगमा आबद्ध छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT