Techie IT
Monday, December 15, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रअदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित)

अदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित)

नियुक्ति बदर होला ? के छ संविधानमा ?


काठमाडौं । सोमबार दिउँसो शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनियताको शपथ खुवाउँदै थिए । देशका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको शपथ समारोह भव्य थियो । चौथोपटक प्रधानमन्त्री बन्न पाएकामा ओली मख्ख थिए । ओलीलाई चारैतिरबाट बधाईको ओइरो लागिरहेको थियो ।

तर त्यतिनै बेला सर्वोच्च अदालतमा ओलीको नियुक्ति बदरको माग गर्दै मुद्दा दर्ता भइरहेको थियो । नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । उक्त रिटमाथि साउन ६ गते सुनुवाइ हुनेछ ।

यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि अब धारा ७६ (३) बमोजिम नयाँ सरकार गठन हुनुपर्ने उनीहरुको जिकिर छ ।

विगत यस्तो छ कि, ओलीलाई अदालत फापेको छैन । र संयोग पनि यस्तो भइदियो कि, तीन वर्षअघि अदालतको परमादेशबाट सत्ताच्यूत भएका ओली ठ्याक्कै तीन वर्षपछि करिब दुईतिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए ।

ओली यसअघि तीनचोटि प्रधानमन्त्री भए । र उनका तीनै कार्यकाल कुनै न कुनै हिसाबले चर्चित र ऐतिहासिक भए । संविधानसभाबाट संविधान जारी भएपछि माओवादीसहितको समर्थनमा २०७२ असोज २४ गते उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यसबेला संविधानप्रति असहमत भारतले आर्थिक नाकाबन्दी लगायो । ओलीले नाकाबन्दीको कडा मुकाबिला गरे । भारतको नाकाबन्दीकै कारण चीनसँग व्यापार तथा पारवाहन सन्धि गरे । जुन दुरगामी प्रभावको थियो ।

भूकम्प र नाकाबन्दीले देश थिलथिलो भएका बेला उनले समृद्धिको नारा दिएर नागरिकमा आशाको दियो बाल्ने काम गरेका थिए । त्यतिबेला कतिपयले उनलाई ‘हावादारी प्रधानमन्त्री’का रुपमा पनि चित्रण गरे ।

त्यसपछि २०७४ साल फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बने । एमाले र माओवादी मिलेर चुनाव लडेर प्रधानमन्त्री भएका ओलीको उक्त कार्यकाल रेल, सुरुङ, पानी जहाजलगायतका ठूला योजनाको घोषणाका कारण चर्चामा रह्यो ।

२०७८ वैशाख ३० मा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त भए । र, २०७८ जेठ ७ ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिन् । त्यसविरुछ कांग्रेस–माओवादीलगायत दल आन्दोलनमा उत्रिए । अदालतमा मुद्दा पर्यो । र २०७८ असार २८ मा अदालतबाट परमादेश भएपछि ओली सत्ताच्यूत भए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए ।

अहिले त्यसको ठिक तीन वर्षपछि ओली फेरि चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । र उनको शपथकै दिन नियुक्ति बदरको माग गर्दै मुद्दा परेको छ ।

उनको नियुक्ति बदर होला ? के छ संविधानमा ?

संविधानमा ७६ (४) को उपधारा २ वा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट बिश्वासको मत लिनु पर्ने व्यवस्था छ । उपधारा २ मा उपधारा १ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछ भनिएको छ ।

‘उपधारा ३ मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिन भित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी (७६.२ अनुसार) नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम बिश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाइ प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ । संविधानले उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन नसकेमा मात्रै उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय नेतालाइ प्रधानमन्त्री नियुक्त गर्न सक्ने उल्लेख छ ।

संविधानमा भनिएअनुसार अब केपी ओलिले ३० दिन भित्र विश्वासको मत लिन नसकेमा भने उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्नेछन् । त्यसैले अहिलेको अवस्थामा अदालतको आदेशबाट ओलीको नियुक्ति बदर हुने सम्भावना छैन ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

Techie IT