Techie IT
Friday, June 5, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रवेभसिरिज ‘कुटुम्ब’ आउँदै, रिलिज भयो टेलर (भिडिओसहित)

वेभसिरिज ‘कुटुम्ब’ आउँदै, रिलिज भयो टेलर (भिडिओसहित)


काठमाडौं । पछिल्लो समय विभिन्न टेलिशृंखला तथा वेभसिरिज निर्माणको लहर नै चलेको छ । कति सिरिजले आमदर्शकको मन जितेका छन् त कति दर्शकको रोजाइमा पर्न नसकेर किनारा लागेका छन् । यहीं परिवेशबीच नवीन कथामा अर्को एउटा सामाजिक वेभसिरिज सार्वजनिक हुने भएको छ– कुटुम्ब ।

एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको टेलर शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त टेलरमा चर्चित कलाकारलाई फिचर्ड गरिएको छ । असार १ गते शनिबारदेखि साप्ताहिकरुपमा नियमित प्रसारण हुने उक्त सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । निर्देशक खत्रीले निर्देशन गरेका थुप्रै चलचित्र तथा म्युजिक भिडिओले दर्शकको मन जितिसकेका छन् ।

उक्त वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराई, मिना जिसी, युवराज खत्री, टेक अधिकारी, अनिशा पराजुली र सुष्मा केसीको अभिनय छ । उक्त सामाजिक सिरिजलाई पीएस खतिवडाले लेखेका हुन् ।

टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती निर्माता रहेको कुटुम्बको सुजन श्रेष्ठले छायांकन गरेका हुन् । सिरिजको सह–निर्देशन नविन गिरीले गरेका हुन् भने व्यवस्थापन घनश्याम तिमल्सिनाले गरेका छन् ।

शनिबार टेलर रिलिज गर्दै निर्देशक खत्रीले सिरिजलाई समाजको वास्तविक चित्र बनाउने प्रयास गरिएको बताएका छन् । ‘रगतको नाताभन्दा माथि उठेको आमसम्बन्धका विषयमा सिरिज निर्माण भएको छ’, उनले भने, ‘यस सिरिजले दर्शकको मन जित्नेमा हामी विश्वस्थ छौं ।’

हेर्नुहोस् भिडिओ

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT