Techie IT
Wednesday, October 29, 2025 | बुधबार, कात्तिक १२, २०८२
२०८२ कात्तिक १२, बुधबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रबलेफीले मनायो भव्यताका साथ शिक्षा दिवस

बलेफीले मनायो भव्यताका साथ शिक्षा दिवस


राष्ट्रिय शिक्षा दिवस २०८१ को उपलक्ष्यमा बलेफी गाउँपालिकाले विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले विभिन्न अतिरिक्त क्रियाकलापहरु‌को प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

एस ई.ई परिक्षा २०८१ मा उत्कृष्ट जिपिए ल्याउने विद्यालयहरूमध्ये प्रथम, द्वितिय र तृतिय हुने शिक्षकलाई प्रमाण पत्र सहित सम्मान गरेको हो । प्रत्येक विषयमा औषत रूपमा सर्वोत्कृष्ट जि.पि.ए ल्याउने शिक्षकहरुलाई दशहजार रुपैंया नगद सहित सम्मान गरेको छ ।

जसअन्तर्गत श्री बालशिक्षा माविका शिक्षक कृष्णप्रसाद तिमल्सिना अंग्रेजी तर्फ, श्री लक्ष्मीदेवी मा.वि का शिक्षक हिरालाल न्यौपाने नेपालीतर्फ, श्री आनन्द मा.वि.का शिक्षक कृष्ण सिलवाल गणित तर्फ ,श्री आनन्द मा.वि. का शिक्षक राजकुमार ढुङ्‌‌गाना सामाजिक तर्फ, श्री आनन्द मा.वि. का शिक्षक रामप्रसाद पौडेल विज्ञान तर्फ कम्प्युटर तर्फ अमृत नेपाल ,अर्थशास्त्र तर्फ रुकादेवी शर्मा, ऐ.गणित तर्फ कृष्ण सिलवाल र शिक्षा विषय तर्फ खकेन्द्र हमाल ठकुरी उत्कृष्ट विषय शिक्षक को रुपमा सम्मानित भएका थिए ।

श्री लक्ष्मीदेवी मा.वि का शिक्षक हिरालाल न्यौपाने नेपाली विषयतर्फबाट अहिलेसम्म लगातार चारपटक सम्मानित भएका छन भने श्री बालशिक्षा मा.वि का शिक्षक कृष्णप्रसाद तिमल्सिना अंग्रेजीतर्फ तीनपटकसम्म प्रथम भई सम्मानित भएका छन् । यस अघि श्री बालशिक्षा मा. वि का शिक्षक हरेराम नेपाल लगातार तीन पटकसम्म प्रथम भई सम्मानित भएका थिए भने यस वर्ष उनी द्धितिय भएका छन् । उनी गत सालको राष्ट्रिय शिक्षा पुरस्कारबाट पनि सम्मानित भएका थिए । त्यस्तै लगातार तीन वर्षदेखि लेखा विषयमा प्रथम र अर्थशास्त्रमा द्वितीय स्थान हासिल गर्न सफल भएकोमा श्री सेतीदेवि माध्यमिक विद्यालय  शिक्षक इन्द्रप्रसाद तिम्लसिना सम्मानित भएका छन् ।

त्यसैगरि अङ्ग्रेजीतर्फ बालकृष्ण न्यौपाने द्वितीय र धनबहादुर गहतराज तृतीय भएका छन्। नेपालीतर्फ शिवबहादुर क्षेत्री द्वितीय र सीता नेपाल तृतीय भएका छन्।अनिवार्य गणिततर्फ हरेराम नेपाल द्वितीय र बालकृष्ण पराजुली तृतीय भएका छन् । विज्ञानतर्फ बिमल पौडेल द्वितीय र उमेश बहादुर बोहरा तृतीय भएका छन् । सामाजिकतर्फ यदुनाथ नेपाल र कृष्णबहादुर गुरुङ द्वितीय र मुना महत तृतीय भएका छन् । लेखातर्फ अन्जु श्रेष्ठ द्वितीय र कृष्ण बल्लभ नेपाल तृतीय भएका छन् । ऐच्छिक गणिततर्फ हरेराम नेपाल द्वितीय र रिकेशप्रसाद भट्ट तृतीय भएका छन् । कम्प्युटरतर्फ नकुल लामा द्वितीय र उज्ज्वल पराजुली तृतीय भएका छन् । अर्थशास्त्रतर्फ्र इन्द्र प्रसाद तिमल्सिना द्वितीय र सागर तामाङ तृतीय भएका छन् । त्यसैगरी शिक्षातर्फ सुशीलादेवी बिष्ट द्वितीय भएकी छिन्।कार्यक्रममा आधारभुत तह कक्षा ८ को अन्तिम परिक्षा, एस ई.ई र कक्षा १२ को बोर्ड परिक्षामा पालिकाभरीमा प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नं १ का संघिय संसद माधव सापकोटा सुबोधले आफ्नो निर्वाचन क्षेत्रभित्रका विद्यालयहरुमा विद्यालयमा सांसद र संसद भित्र विद्यार्थी कार्यक्रम संचालन गरिरहेको बताए । त्यस्तै कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ र उपाध्यक्ष सरु लामाले शैक्षिक सुधारका लागि पालिकाको भरपुर सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रम खाडिचौर सभाहलमा गरिएको थियो ।

उक्त कार्यक्रममा तीन सय भन्दा बढी शिक्षक विद्यार्थी को सहभागिता थियो । कार्यक्रममा देशको सबैभन्दा धेरै विद्यार्थी संख्या भएको नमुना विद्यालय कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आफ्नो विद्यालयका असल अभ्यासहरु प्रिजेन्टेशन मार्फत प्रस्तुत गरेका थिए । बलेफी गाउँपालिकाले शिक्षा दिवसलाई शैक्षिक पर्वको रुपमा मनाउँदै आएको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डेले मिलाएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक

एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ?

काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले

बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै

एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ

काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा

एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका 

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान्

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

Techie IT