Techie IT
Saturday, December 13, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रलायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न


काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता र जोन ५ का अन्य क्लबहरूको समन्वयमा काठमाडौँ जिल्लाका उत्तरपुर्वी भेगका विभिन्न सामुदायिक विद्यालय केन्द्रित अटिजम–डाउन सिन्ड्रम सम्बद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

गत मंसिर ३ गते विभिन्न ७ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई लक्षित गरि छिमेकी पार्टी प्यालेस, जोरपाटीमा प्रारम्भिक अभिमुखिकरण कार्यक्रमबाट उक्त जनचेतनामुलक कार्यक्रमको शुरुवात भएको थियो । उद्घाटनपछि निरन्तर एक सातासम्म विभिन्न ७ वटा विद्यालयहरुमा सचेतना कार्यक्रम आयोजना भयो । समग्र सचेतना कार्यक्रमको संयोजकत्व जोन ५ का जोन चेयरपर्सन रमेशराज अर्यालले गर्नुभएको थियो ।

अटिजम–डाउन सिन्ड्रम सम्बद्ध सचेतनामुलक कार्यक्रममार्फत विद्यार्थी र शिक्षकहरुलाई जानकारी प्रवाह गर्नका लागि यसै क्षेत्रमा सक्रिय रहेको संस्था अटिजम केयर नेपाल सोसाइटीसंग लायन्स क्लबले सहकार्य गरेको थियो । अटिजम केयर नेपाल सोसाइटीका निर्देशक एवम् अटिजम–डाउन सिन्ड्रम सम्बद्ध विषय विज्ञ सुरेन्द्र बज्राचार्य सहित विभिन्न विज्ञ प्रशिक्षकहरुले विद्यार्थी एवम् शिक्षकहरुलाई प्रभावकारी रुपमा जानकारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको संयोजन गरेको लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी का गभर्नर महेश आचार्यले, मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम आयोजना गर्ने क्लबको योजना अनुरुप सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार ‘लायन्स क्लबकै साथिहरुले अटिजम, डाउन सिन्ड्रमबारे अध्ययन, अनुसन्धान गरिरहेका थिए र यसबारे जनचेतना प्रवाह गरिनुपर्छ भन्ने निश्कर्षमा क्लब पुगेसंगै यो कार्यक्रम अघि बढेको हो ।’

‘जनचेतना प्रवाह गर्ने कार्य बालबालिका (विद्यार्थी)हरुबाट गर्न सकियो भने उनिहरुबाट घरपरिवार र समाजसम्म चेतना फैलिन सक्छ भन्ने उद्धेश्य राखेका छौँ । अटिजमबारे प्रभावकारी जनचेतना फैलिन सकोस भन्ने हाम्रो लक्ष्य यो कार्यक्रमले पुरा गर्नेछ भन्ने विश्वास लिएका छौँ’ आचार्यले बताउनुभयो ।

कार्यक्रम सञ्चालनमा समन्वय गर्ने विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक एवम् विद्यार्थीहरुप्रति उहाँले कृतज्ञता जाहेर गर्नुभयो ।

यस्तै कार्यक्रम सञ्चालनमा विज्ञहरु सहितको समन्वय गरिरहेको संस्था अटिजम केयर नेपाल सोसाइटीकी स्पेशल एडुकेटर एवम् विभिन्न विद्यालयहरुमा प्रशिक्षकको भुमिका निभाउनुभएकी, अस्मिता श्रेष्ठले, ‘अटिजम, डाउन सिण्ड्रम, बौद्धिक अपांगता जस्ता विषयहरुबारे यसरी बालबालिकाहरु लक्षित गरि कार्यक्रम आयोजना गरिँदा बालबालिकाहरु जानकार हुने र उनिहरुले घरपरिवारमा गएर शेयर गर्ने हुँदा समाजमा प्रभावकारी रुपमा जनचेतना फैलिने’ विश्वास व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौँ, डिस्ट्रिक्ट ३२५ डी का जोन चेयरपर्शन रमेश राज अर्यालका अनुसार ‘लायन्स क्लब अफ काठमाण्डौँ, स्किल डेभलपमेन्ट ले मुना नेपालसंग मिलेर दुरदराजका बालबालिकाको अभिभावकलाई उद्यमशिल बनाउने र अटिजम भएका बालबालिकाको हेरचाह गर्ने कार्य यस अघि नै गर्दै आएको थियो । ’

‘हामिले अटिजम–डाउन सिन्ड्रम को केन्द्र नै स्थापना गर्ने लक्ष्य राखेका छौँ । त्यसअघि समाजमा यसबारे जनचेतना प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ । विशेषगरी काठमाडौँको उत्तरपुर्वी भेगका सामुदायिक विद्यालयहरुमा रहेका बालबालिका लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो; अर्यालले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागि भएका विभिन्न विद्यालयहरुका शिक्षक एवम् विद्यार्थीहरुले यस किसिमको जनचेतनामुलक कार्यक्रमलाई आफ्नो विद्यालयमा आयोजना गरेकोमा लायन्स क्लबप्रति खुशी व्यक्त गरे ।
गोकर्णेश्वर नगरपालिका ६ मा अवस्थित चामुण्डा माध्यामिक विद्यालयका प्रधानध्यापक गुणराम आचार्यले, विद्यार्थीहरु लक्षित अटिजम–डाउन सिण्ड्रम का बारेमा जनचेतनामुलक कार्यक्रम गरिँदा त्यसको दिगो प्रभाव पर्ने र समाजमा यसबारे विद्यमान भ्रम र अन्यौलता चिरिने विश्वास व्यक्त गर्नुभयो ।

‘आज हामिले अटिजम, डाउन सिण्ड्रमबारे धेरै कुराहरु थाहा पायौँ । पहिले यो के होला भन्ने लाग्थ्यो तर अहिले धेरै कुरा जान्यौँ । अब आफुले थाहा पाएको कुरा घर परिवार, छरछिमेक र साथिभाईलाई पनि सुनाउनेछु । अटिजम, डाउन सिण्ड्रम रोग होइन रहेछ, यो त एउटा अवस्था रहेछ, यसबारे सबैले चेतनशिल हुनु जरुरी छ । यो सबै थाहा पाउने अवसर पाउँदा एकदमै खुशी छु ; गोकर्णेश्वर नगरपालिका, २ मा अवस्थित बाल सुधार मा.वि.मा अध्ययनरत विद्यार्थी प्रविण तामाङ्गले, कार्यक्रममा सहभागिता जनाउँदाको सुखद् अनुभव साट्नुभयो ।

लायन्स क्लब इन्टरनेशनलले पछिल्ला दिनहरुमा अटिजम, डाउन सिन्ड्रमलाई प्राथमिकतामा राखेको र यसबारे पर्याप्त जनचेतना प्रवाह गरिनुपर्छ भन्ने उद्देश्यका साथ हामिले यो कार्यक्रम आयोजना गरिएको, यस कार्यक्रमका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रस्ताव सहितको पहल गर्नुभएका लायन्स क्लब अफ काठमाडौँ, डिस्ट्रिक्ट ३२५ डी का जिएसटी कोअर्डिनेटर धन प्रसाद लामिछानेले बताउनुभयो ।

‘बालबालिकाहरुले विद्यालय पढ्दा नै यसबारे जानकारी प्राप्त गर्ने मौका पाएको र उनिहरुद्धारा अब उनिहरुको अभिभावक र समाजसम्म पनि जनचेतना प्रवाह हुनेमा हामि विश्वस्त छौँ,’ लामिछानेको भनाई छ ।

करिब ५०० जना विद्यार्थीहरु लाभान्वित भएको यस कार्यक्रममा अटिजम, डाउन सिण्ड्रम वा बौद्धिक अपांगता के हो, यो अवस्था के कारणले आउँछ, यो अवस्थामा कसरी व्यक्तिको रेखदेख गर्ने, उनिहरुलाई कस्ता अवसरहरु कसरी दिलाउनुपर्छ, विश्वमा यसको अवस्था के छ, नेपालको स्थिती के छ लगायतका बहुआयामिक रुपमा जानकारी प्रदान गरिएको थियो ।

अटिजम, डाउन सिण्ड्रम वा बौद्धिक अपांगता के हो ?

अटिजम भनेको मस्तिष्कको विकासमा हुने फरकपनका कारण सामाजिक व्यवहार, सञ्चार र संवेदनशीलतामा विभिन्न असर पर्ने न्युरो–विकासात्मक अवस्था हो । यो एउटा रोग नभई, एउटा अवस्था






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

Techie IT