Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग


चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन्।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाबाट प्रेरित पौडेलले यसअघि पनि असहाय बालबालिका, विपन्न परिवार र आपत्‌कालीन अवस्थाका पीडितहरूका लागि विभिन्न समयमा सहयोग गर्दै आएका छन्।

सहयोग ग्रहण गर्दै संस्थाकी निर्देशक मञ्जु खाँड ठकुरीले पौडेलप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामीजस्ता संस्थाहरूको सञ्चालन दाताहरूको सहयोगमै निर्भर छ। विकास पौडेलज्यूजस्ता सहयोगी व्यक्तिहरूको हात यसरी अघि बढ्दा, आश्रित बालबालिकाहरूको जीवनमा मुस्कान ल्याउन सजिलो हुन्छ।”

उनले अन्य नेपालीहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन आग्रह गरिन्।

मञ्जुश्री असहाय संरक्षण केन्द्र, भरतपुर–११, गणेशस्थानमा अवस्थित छ । हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षण, न्याय र अधिकारका लागि विगत दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गर्दै आएको संस्था हो।

हाल केन्द्रमा २४ जना असहाय बालबालिका र ३ जना सुत्केरी महिला आश्रित छन्। संस्थाले उनीहरूको हेरचाह, शिक्षादेखि स्वास्थ्यसम्मका आवश्यकता पूरा गर्दै आएको छ।

पत्रकार पौडेलले सहयोगबारे प्रतिक्रिया दिँदै भने, “विदेशमा रहेर पनि मातृभूमिप्रतिको उत्तरदायित्व कहिल्यै हराउँदैन। यी बालबालिकाको मुस्कान नै हाम्रो वास्तविक उपलब्धि हो,” पौडेलले भावुक हुँदै बताए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

Techie IT