गृहपृष्ठ ∕ समाचारपत्र ∕ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका मदन भण्डारी बिहीबार, २०८२ कात्तिक १३ गते, १६:५० मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा मिनीटिलर प्राप्त गर्ने लाभग्राहीहरूले उक्त सामग्रीको सही सदुपयोग नगरेको वा बिक्री गरेको आशंका व्यक्त गरिएको छ। गाउँपालिकाका अनुसार नियमानुसार आवश्यक कागजातसहित मिनीटिलर वितरण गरिएको भए पनि हाल सामाजिक सञ्जालमा विभिन्न टिप्पणी तथा प्रतिक्रियाहरू आउन थालेपछि पालिकाले यस विषयमा ध्यानाकर्षण गराएको हो। सूचनामा भनिएको छ, ‘मिनीटिलर सम्पूर्ण लाभग्राहीहरूले सही ढङ्गले प्रयोग गरिरहेको भन्ने अपेक्षा गरिएको भए पनि केही लाभग्राहीहरूले बिक्री गरेको वा अन्यत्र प्रयोग गरेको भन्ने जानकारी पाइएकाले, यस्ता गतिविधि कानुन र नियम विपरीत भएकाले सम्बन्धित पक्षलाई कारबाही हुने व्यवस्था लागू हुनेछ।’ नियम विपरीत मिनीटिलर बिक्री वा दुरुपयोग गरेको पाइएमा कानुनी प्रक्रिया अनुसार कारबाही हुने स्पष्ट चेतावनी गाउँपालिकाले दिएको छ। #सुनकोशी गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले एमालेको मतदानमा मोबाइल लान बन्देज नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ४ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ यात्रुबीच विवाद बढेपछि सुर्खेत उडेको जहाज काठमाडौंनै फर्काइयो ८ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो