Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता


काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् । संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन् ।

उनले सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले आफू पदको लोभ लिएर प्रधानमन्त्री भएको नभई देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न आफूले नेतृत्व लिएको धारणा राखिन् ।

नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनले दोहराइन् ।कार्कीले कानुनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणामका कारण वर्तमान अवस्था आएको पनि बताइन् ।

उनले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुन निर्माणका साथै व्यवसायीक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै यस काममा सहयोग गर्न आग्रह गरिन्






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

Techie IT