गृहपृष्ठ ∕ समाचारपत्र ∕ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? स्वर्णपत्र बुधबार, २०८२ भदौ १८ गते, १५:२५ मा प्रकाशित समाचारपत्र काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सही समय र सही तरिकाले पानी पिएमा शरीरमा सकारात्मक परिवर्तन देखिने विज्ञहरू बताउँछन्। विज्ञहरुको अनुसार बिहान उठ्ने बित्तिकै खाली पेटमा एकदेखि दुई गिलास मनतातो पानी पिउनु फाइदाजनक हुन्छ। यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, मेटाबोलिजम बढाउँछ र पाचन क्रियालाई सक्रिय बनाउँछ। त्यस्तै कसरत गर्दा शरीरमा पानीको कमी हुन सक्छ। त्यसैले, व्यायाम गर्नुअघि र पछि पानी पिउनु आवश्यक छ। खाना खाँदा वा खाना खानेबित्तिकै पानी पिउनुको सट्टा खाना खानुभन्दा आधा घण्टाअघि पानी पिउनु राम्रो मानिन्छ। यसले भोक नियन्त्रणमा राख्छ र पाचन प्रणालीलाई राम्ररी काम गर्न मद्दत गर्छ। र, राति सुत्नुभन्दा करिब एक घण्टाअघि पानी पिउँदा शरीरमा पानीको कमी हुन पाउँदैन। #पानी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा… काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा… काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै… काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ४ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ५ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह