Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रस्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा

स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा


चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय सरकारहरूले सेवा प्रवाहको दायरा राजधानीसम्म विस्तार गर्दै जनप्रतिनिधिले संघीयताको आत्मा अझ जीवन्त बनाएका छन् ।

सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहले नागरिकलाई सेवा नागरिकको नजिकै पुर्याउने प्रयास स्वरूप राजधानीसम्म सेवा शिविर सञ्चालन गरेका छन् । बलेफी गाउँपालिका वडा नं. ६ ले नागरिकको घरदैलोमै पुगी पाँचदिने शिविरमार्फत ८२४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्यो ।

बिहीबारसम्म सञ्चालन गरिएको शिविरबाट नागरिकको घरदैमा सेवा पुर्याइएको र बाँकी रहेका परिचयपत्र दशैँपछि वितरण गरिने वडाध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए  । अध्यक्ष पराजुलीका अनुसार परिचयपत्र लिन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यतालाई चिर्दै नागरिकको घरदैलोमा उपलब्ध गराइएको हो ।

बलेफी गाउँपालिका वडा नं ७ र ८ ले वडा कार्यालयबाट परिचयपत्र उपलत्तध गराइएको वडा नं ८ का अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, १० र १४ को संयुक्त आयोजनामा काठमाडौंका कोटेश्वर, सरस्वतीनगर र मुलपानी क्षेत्रमा सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा प्रवाह गर्न चारदिने शिविर सञ्चालन गरियो ।

नागरिकता सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता, नाता प्रमाणिकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण जस्ता सेवा प्रदान गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर – १४का वडाअध्यक्ष उद्धव नेपालका अनुसार, राजधानीमा रहेका अशक्त, वृद्धवृद्धा र विभिन्न पेशामा संलग्न नागरिकलाई लक्षित गर्दै यो पहल गरिएको हो । ‘सरकार हाम्रो नजिकै छ’ भन्ने अनुभूति दिलाउने यस्ता कार्यक्रमले संघीयता प्रतिको जनविश्वास अझ बलियो बनाएको छ ।

सुनकोशी गाउँपालिका–५ का अध्यक्ष जालबहादुर लामा ‘वडा कार्यालय झोलामा बोकेर’ नै राजधानी पुगे । वर्षायाममा वृद्धवृद्धालाई गाउँ पुग्न असहज हुने र सन्तानहरू राजधानीमै भएको अवस्थालाई ध्यानमा राख्दै उनले राजधानीमै सेवा दिने निर्णय गरिएको अध्यक्ष लामाले जानकारी दिए । ‘वडावासीको आग्रहपछि हामी आफैँ सेवा लिएर राजधानी आएका हौं,’  उनले भने ।

सुनकोशी गाउँपालिका–७ ले पनि काठमाडौं उपत्यकाकै भक्तपुरमा शिविर सञ्चालन गरेर एक सयभन्दा बढी नागरिकलाई सेवा दिएको छ । वडा अध्यक्ष ईश्वर तिमल्सिनाका अनुसार, आगामी दिनमा अझ व्यवस्थित ढंगले नागरिकको नजिक पुगेर सेवा प्रवाह गरिनेछ । संघीयताको सार सेवा पहुँचमा निहित छ । अब सेवा लिन गाउँ फर्कनुपर्ने र सेवा केन्द्र धाउनुपर्ने बाध्यता हट्दैछ । जहाँ नागरिक छन्, त्यहीँ सेवा दिन स्थानीय तहले थालेको यो प्रयास अनुकरणीय मात्र होइन, संघीय शासन व्यवस्थाको उत्कृष्ट अभ्यास पनि हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

Techie IT