Techie IT
Monday, December 8, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रगुल्मी-काठमाडौं सम्पर्क मञ्चले एसईई उतीर्णलाई गर्यो सम्मान, १७० विद्यार्थी सम्मानित

गुल्मी-काठमाडौं सम्पर्क मञ्चले एसईई उतीर्णलाई गर्यो सम्मान, १७० विद्यार्थी सम्मानित


काठमाडौं । नेकपा एमाले गुल्मी–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नेकपा एमालेका कुशल संगठक एवम् जननायक जीवनराज आश्रितको ८२औँ जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि र सचिव गोकर्ण विष्ट विशेष अतिथि रहेका थिए । कार्यक्रममा २०८१ सालमा एसईईै उत्तीर्ण भएका १७० जना विद्यार्थीलाई सम्मान गरिएको थियो।

सोही अवसरमा हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज विशेष कार्यक्रमको रूपमा समेत आयोजना गरिएको थियो । जसमा करिब ६०० जनाको उत्साहपूर्ण सहभागिता रह्यो। कार्यक्रममा राजनीतिक, सामाजिक, शैक्षिक, र सांस्कृतिक क्षेत्रका अतिथि, अभिभावक, पत्रकार, कलाकार, शिक्षक, तथा विभिन्न तह–तप्काका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तारा प्रसाद न्यौपानेले सभ्य, शिष्ट र भव्य बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अभिभावक, अतिथि, पत्रकार, कलाकार, शिक्षक, स्वयंसेवक र सहभागी सबैप्रति हार्दिक आभार प्रकट गरेका थिए । तारा प्रसाद न्यौपाने आगामी चुनावका लागि छत्रकोट गाउँपालिकाका लागि अध्यक्षको रूपमा चुनावमा उठ्ने समेत योजना बनाइरहेका छन्  ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

Techie IT