Techie IT
Tuesday, December 9, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव

विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव


काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधि बढुवामा सहमति नभएपछि विधेयक पास हुन सकेको थिएन । बुझिएअनुसार शिक्षा मन्त्रालयले शिक्षकको कार्यसम्पादन मूल्याङ्नको अंकलाई विभाजन गरेर ल्याएको छ ।

उपसमितिले भने शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ । यसको लागि शिक्षकले पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा ९० अंक ल्याउनुपर्ने भनिएको छ । यो ९० अंक नराखेर तोकिए बमोजिम राख्न शिक्षक महासंघले दबाब दिएको छ ।

गत २२ असारमा यही विषयमा सहमति नहुँदा बैठक स्थगित भएको थियो । र, सरकारलाई समितिले ५ दिनको समय दिएको थियो । तर समय घर्किएपनि बैठक बस्न सकेको छैन । तोकिए बमोजिम राख्न शिक्षा मन्त्रालय र शिक्षा समिति तयार छैन । तर शिक्षक महासंघले सरकारले ल्याएको भनेको नयाँ प्रस्तावबारे आफूहरूसँग छलफल नभएको बताएको छ ।

मन्त्रालयले ल्याएको नयाँ प्रस्तावमा समितिमा छलफल हुनेछ । मन्त्रालयले पनि बैठक राख्न समितिलाई भनेको छ । समितिको बैठक बस्नुअघि बिहीबार परामर्श समन्वय उपसमितिको बैठक बोलाइएको छ ।

मन्त्रालयले ल्याएको नयाँ प्रस्तावमा परामर्शको बैठकमा छलफल हुनेछ । परामर्शको बैठकमा सहमति जुटेमा समितिको बैठक बोलाउने तयारी समितिको छ ।

अस्थायी प्रकृतिको शिक्षकको आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशबाट पदपूर्ति गर्ने निर्णयबाट ब्याक नहुने समितिको भनाइ छ । प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनले शतप्रतिश खुला गर्नुपर्ने दबाब दिइरहेका छन् ।

त्यसैले समिति ६०–४०बाट ब्याक नहुने स्थितिमा पुगेको हो । शिक्षा विधेयकमा समेटिने प्रवधानका विषयमा लामोसमयदेखि विवाद भइरहेको छ । यसका लागि शिक्षकहरुले पटक–पटक आन्दोलन पनि गरिसकेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT