Techie IT
Friday, December 19, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रक्यानडाका एक युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा

क्यानडाका एक युवकले हाले सामाजिक सञ्जालविरुद्ध मुद्दा


काठमाडौं । एक युवकले आफूलाई लत लागेको भन्दै विभिन्न सामाजिक सञ्जालविरुद्ध मुद्दा हालेका छन् । समाचारअनुसार क्यानडाका २४ वर्षीय एक युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनले सामाजिक सञ्जालका विभिन्न माध्यमले आफूलाई लत लगाएको दाबी गर्दै मुद्दा दायर गरेका हुन् । सन् २०१५ देखि निरन्तर सामाजिक सञ्जाल प्रयोग गर्दा शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल प्लेटफर्म दैनिक कति प्रयोग गर्ने भन्ने सीमितता कायम नभएकाले पनि त्यसको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारेको उनको आरोप छ ।

खासगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगले निन्द्रा बिग्रिएको र व्यक्तिको रचनात्मक क्षमतामा ह्रास ल्याएको उक्त मुद्दामा उल्लेख छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय क्यानडामा सामाजिक सञ्जालविरुद्ध मुद्दा हाल्ने प्रवृत्ति बढ्दो छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

Techie IT