Techie IT
Thursday, December 25, 2025 | बिहीबार, पुस १०, २०८२
२०८२ पुस १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने

सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने

अटेर गरे आयोगसँग तीन वटा विकल्प


काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ । जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीले पटक पटक सार्वजनिक कार्यक्रममा पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान नदिने अभिव्यक्ति दिँदै आएका छन् । यस्तो अवस्थामा ओलीलाई कसरी बोलाउने भन्नेबारे उच्च तहमा छलफल भइरहेको पाईएको छ ।

आयोगका अनुसार अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग त्यसबारे छलफल गरीरहेको बुझीएको छ । ओलीले पत्र बुझ्न अस्वीकार गरेमा र बयान दिन नआए के गर्ने भन्ने विकल्पमा पनि अध्यक्ष कार्कीले छलफल गरिरहेका छन् ।

भक्तपुर प्रहरीमार्फत ओलीकहाँ पत्र पठाउने विकल्पमा छलफल भएको छ । ओली सहज रुपमा बयान दीनका लागि नगए आयोगले अरु तिन वटा उपाउहरु अपनाउने तयारी गरेको छ ।

ओलीले पत्र बुझ्न अस्वीकार गरेमा स्थानीय निकायको समन्वयमा म्याद टाँसेर ‘तामेल’ गरिने ,‘गुण्डुस्थित वडा कार्यालयमा तामेल गर्दा पनि बयान दिन अनुपस्थित भएमा पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्ने विकल्प अझै बाकीरहेको बताएकाछन् । सूचना प्रकाशन गर्दा पनि ओली बयान दिन नआए सरकारलाई पत्र लेखेर उपस्थित गराइदिन आग्रह गर्ने आयोगले तयारी गरिरहेको छ ।

तर ओलीले भने कुनै पनि हालतमा आफु बयान दिन नजाने अडान राख्दै आएकाछन् । त्यसको लागि जे पनि भोग्न तयार रहेको बताएकछन् । मंगलबार मात्रै आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा आउन भन्दै पत्र पठाएको थियो । पुस ११ मा लेखकसँग बयान लिइने आयोगको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सिन्धुलीमा आगो लगाएर युवतीको हत्या

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । पुस ६ मा साँझ आगो

Techie IT