काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन गरेको छ ।
फ्रन्टले आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टका कार्यलाई अझ सुदृढ, प्रभावकारी र सार्थक बनाउन सल्लाहकार परिषद् गठन गरिएको जानकारी गराएको हो । सल्लाहकार परिषद्मा १३ जनालाई समेटिएको छ, जसमा मिलन पाण्डेदेखि रामजी राम हुँदै सरोज गौतमसम्म छन् ।
फ्रन्टका अनुसार परिषदको सदस्यहरुमा आशुतोष तिवारी, प्रगति राई, साधना राई, नवीन प्राचीन, मीना पौडेल, दिव्येश गिरी, अनन्त अर्याल, रमेश पौड्याल, सस्मित पोखरेल, प्रमेश श्रेष्ठ र सरोज गौतम छन् ।