Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

बागमती प्रदेशबाट मात्रै ९४ जनाको उम्मेदवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।

रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची प्रकाशित गरिएको छ । उनीहरुले प्राइमरी इलेक्सनमा भाग लिन पाउनेछन् ।

सबैभन्दा बढी आवेदन बाग्मती प्रदेशबाट परेको छ । यो प्रदेशबाट मात्रै ९४ जना जनाले रास्वपाको समानुपातिक उम्मेदवार बन्न चाहेका छन् । विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएका समीक्षा बास्कोटा र रञ्जु दर्शनाले बाग्मती प्रदेशबाट आवेदन दिएका छन् । उनीहरु खस आर्य कोटा अन्तर्गत समानुपातिक उम्मेदवार बन्न चाहेका हुन् ।

कोशी प्रदेशबाट ६० जनाले समानुपातिकका लागि दावेदारी प्रस्तुत गरेका छन् । रास्वपा सहप्रवक्ता रमेश प्रसाईंको नाम प्रारम्भिक सूचीमा छ । यसअघि इलामको उपनिर्वाचनमा रास्वपाबाट उठेर हारेका मिलन लिम्बू पनि समानुपातिकमा सांसद बन्न चाहेका छन् ।

मधेसबाट ६१ जनाको निवेदन परेको छ । चर्चित जेनजी अभियन्ता पुरुषोत्तम यादवले मधेसबाट प्रारम्भिक निर्वाचनका लागि आकांक्षा प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशबाट ४३ जना र लुम्बिनीबाट ४४ जनाको आवेदन परेको छ ।

सबैभन्दा थोरै कर्णालीबाट २१ जना र सुदुरपश्चिममा ३० जना आकांक्षी छन् । सामाजिक सञ्जालमा चर्चित केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सुदुरपश्चिमको सूचीमा छिन् । त्यस्तै सहप्रवक्ता तथा सभापति रवि लामिछानेको सचिवालय हेर्ने प्रतिभा रावल सुदूरपश्चिमको महिलाबाट समानुपातिकमा पहिलो चरणमा छानिएकी छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

Techie IT