Techie IT
Monday, December 15, 2025 | सोमबार, मंसीर २९, २०८२
२०८२ मंसीर २९, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनपछि कांग्रेस–एमालेभन्दा बढी रक्षात्मक बन्यो रास्वपा

जेन जी आन्दोलनपछि कांग्रेस–एमालेभन्दा बढी रक्षात्मक बन्यो रास्वपा

पार्टीको धारणा निर्माण गर्नै सकस, पार्टी छाड्ने घुर्कीले नेतृत्व तनावमा


काठमाडौं । जेनजीको आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीभन्दा रास्वपा बढी रक्षात्मक अवस्थामा पुगेको छ । भीडको बलमा नक्कली पत्र देखाएर पार्टी सभापति रवि लामिछाने जेलबाट भागेका कारण रास्वपा अप्ठेरोमा परेको हो ।

परम्परागत दलमाथि गम्भीर प्रश्न उठेका नयाँ दल रास्वपा पनि रक्षात्मक बनेको हो । भ्रष्टाचारको अन्त्य र सुशासनको मुख्य माग राखेर जेनजीले भदौ २३ गते आन्दोलन गरेका थिए । पहिलो दिनको आन्दोलनमा बानेश्वरमा १९ युवाको ज्यान गयो ।

त्यसको भोलिपल्ट तोडफोड र आगजनीमा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचनालाई आन्दोलनकारीले ध्वस्त बनाए । जेनजीको माग एकातिर थियो, तर दोस्रो दिनको आन्दोलनलाई रास्वपाले सहकारी ठगीमा जेल परेका लामिछानेलाई बाहिर निकाल्ने मौकाका रूपमा लियो । जबकि रविमाथि पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी मुद्दाको अन्तिम किनारा लागेको थिएन ।

जेनजी आन्दोलनको हुलमुलमा रविलाई छुटाउन पार्टीकै नेताहरूले २४ गते अभियान नै चलाए । नख्खु पुग्न सामाजिक सञ्जालमा उर्दी जारी गरे । त्यसैका लागि कार्यवाहक सभापति डोलप्रसाद अर्याल, हरि ढकालसहितका नेता रविलाई छुटाउन नख्खु कारागार पुगे । उनीहरूको समेत मिलेमतोमा रविलाई छुटाउन कारागार प्रशासनको तर्फबाट नक्कली पत्र नै बनाइयो ।

रवि छुटेलगत्तै जेनजीहरूले उनलाई छुटाउने माग आफूहरूको नभएको भन्दै ‘ब्याक टु जेल’ ट्रेन्ड चलाए । यतिसम्म कि अघिल्लो दिनसम्म लामिछानेको पक्षमा खुलेर लाग्नेहरू ‘ब्याक टु जेल’को ह्यास्ट्याग लेख्न थाले । सुरक्षा दिन नसकिएको भन्दै रविलाई छुटाउन नख्खु कारागार प्रमुख सत्यराज जोशीले पत्र दिएको दाबी गरियो ।

चौतर्फी दबाब बढेपछि रविले भिडियो सन्देश जारी गर्दै जोशीको पत्रपछि आफू सुरक्षाका लागि छुटेको जिकिर गरे । तर, कुनै अंश नै नमिलेको पत्र आफ्नो नाममा जारी गरिएकोप्रति जोशीले अनभिज्ञता देखाउँदा रवि र रास्वपा रक्षात्मक बन्न पुगेको हो । रविलाई छुटाउन गरिएको हतकण्डा र नक्कली पत्रको असर देशभरका कारागारमा पर्यो ।

लामिछाने छुटे भनेपछि देशभरका कारागारका बन्दीले पनि छुट्न पाउनुपर्ने माग गरे । जेलभित्रै आगो लगाउने, प्रहरीमाथि जाइलाग्ने जस्ता विध्वंश मच्चाउन शुरू गरे । यस क्रममा देशभरबाट हजारौं कैदी भागे । भाग्ने क्रममा प्रहरीले चलाएको गोलीले ११ कैदीको ज्यान गयो । अझै पनि गम्भीर प्रकृतिका मुद्दा लागेका हजारौं कैदीबन्दी जेलबाहिर छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT