Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबाढीको बितण्डा: १५ जनाको मृत्यु, तीन बेपत्ता

बाढीको बितण्डा: १५ जनाको मृत्यु, तीन बेपत्ता

१८ जना घाइते


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म देशभर १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा २ जना गरी १५ जनाको मृत्यु भएको हो ।

त्यस्तै हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द

काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा

अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको

शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने

काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

Techie IT