Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

तर किन विस्फोट भइरहेछन् शंकर पोखरेल र भानुभक्त ढकाल ?


काठमडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो हुण्डरीनै ल्याएको छ ।

अझ हालसालै एक अन्तरवार्तामा भण्डारीले आफू एमालेको नेतृत्व गर्नकै लागि राजनीतिकमा सक्रिय भएको बताएसँगै राजनीतिक बजार नराम्ररी गर्माएको छ । यसअघि आफू एमालेको कार्यकर्ता भएको बताउँदै आएकी भण्डारीले आफू पार्टी अध्यक्ष हुनकै लागि एमालेको राजनीतिमा फर्किएको बताएकी हुन् ।

हुन पनि यसअघि उपाध्यक्ष भइसकेकी भण्डारीले अब पार्टी नेतृत्वको आश गर्नु अस्वभाविक होइन । अझ उनले भनेकी छिन्– केपी शर्मा ओली दुईपटक अध्यक्ष भइसक्नु भयो । उहाँ एउटै कक्षामा धेरैपटक पढ्ने मान्छे पनि होइन । अब मैले नेतृत्व गर्ने कुरा अस्वभाविक हुँदैन ।

कतिपयले त पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष ओलीकै डिजाइनमा राजनीतिमा सक्रिय हुन लागेको टिप्पणी पनि गरिरहेका छन् । विगतदेखि नै आपसमा एकदमै निकट सम्बन्ध भएका ओली र भण्डारीले पक्कै पनि आपसमा सल्लाह गरेका होलान् । अझ यसअघि प्रधानमन्त्री ओलीले अब देशमा छिट्टै महिला प्रधानमन्त्री हुने बताएका थिए ।

त्यतिबेला पनि ओलीको भनाइलाई विद्या भण्डारीमैत्री बनाएर हेरिएको थियो । दुईपटक अध्यक्ष भइसकेका ओलीले आफ्नो उत्तराधिकारीका रुपमा विद्यालाई अघि सार्न खोजेको बुझ्नु स्वभाविक नै छ । तर, अहिलेका महासचिव शंकर पोखरेलसँगै भानुभक्त ढकाललगायत केही नेताहरु पनि विद्या भण्डारीको विपक्षमा नै बोल्न थालेका छन् ।

७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने पार्टीको व्यवस्थाका विरुद्धमा पनि उनीहरुले अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले केपी ओलीलाई रिझाउन खोज्दा पार्टीलाई हानि पुर्याइरहेका त छैनन् भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले एमाले एकाथरी मान्छेहरु विद्या भण्डारीलाई गतिलो छहारी मानिरहेका छन् ।

खासगरी एन्टीओली एमालेलाई भण्डारीको आगमन दसैं आएजस्तो भएको छ । तर त्यो पनि सत्य चाहिँ होइन । बरु घटनाक्रमहरुले बताउँछ कि, अहिलेका एमाले अध्यक्ष ओलीकै डिजाइनमा विद्या भण्डारी राजनीतिमा सक्रिय हुन लागेका हुन् । र, उनी अध्यक्ष हुँदा ओलीकै समर्थनमा हुनेछिन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT