Techie IT
Thursday, January 8, 2026 | बिहीबार, पुस २४, २०८२
२०८२ पुस २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न माओवादी सकारात्मक 

फेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न माओवादी सकारात्मक 


काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । जसका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई समेत राजनीतिमा सक्रिय बनाउन लागिएको छ ।

भण्डारीलाई एमालेको अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै पुनः नेकपा ब्युँत्याउन लागिएको हो । एमालेसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दललाई पुनः एकीकरण गर्नका लागि शीर्ष नेताहरू नै लागेका छन् ।

गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भइसकेकी भण्डारीलाई नै पहिलो महिला प्रधानमन्त्री बनाउनुपर्ने पनि केही नेताको भनाइ छ । भण्डारी अध्यक्ष भए पार्टी एकता गर्दै नेकपा ब्युँत्याउनका लागि प्रचण्ड, नेपालसहित झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले ‘ग्रिन सिंग्नल’ दिइसकेको दाबी गरिएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका साथै नेताहरू गोकुल बाँस्कोटा, कर्ण थापा, शेरधन राई, विनोद ढकाल, डा. विमला राई पौड्याललगायतका नेताहरू अहिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन जोडबल गरिरहेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

समानुपातिक सांसद बन्न अछामबाट नागरिकता लिदै ज्वाला संग्रौला

पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी छन् ।

विशेष महाधिवेशनको पक्षमा मृतकको हस्ताक्षर भेछिएपछि कांग्रेसमा तनाव

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा

काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन्

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २

Techie IT