Techie IT
Tuesday, September 9, 2025 | सोमबार, भदौ २३, २०८२
२०८२ भदौ २३, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनौं महिनासम्म वडाध्यक्ष नफर्केपछि वडा कार्यालयमा तालाबन्दी

नौं महिनासम्म वडाध्यक्ष नफर्केपछि वडा कार्यालयमा तालाबन्दी


काठमाडौं । अमेरिका गएका खोटाङस्थित साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौं महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए । वडाध्यक्ष कटवाल माओवादी केन्द्रबाट निर्वाचित हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये

संसद भवन छिरेका सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै

बानेश्वरमा गोली लागेर पाँच जना प्रदर्शनकारीको मृत्यु, स्थिति झन् तनावपूर्ण

प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट दुई जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि

जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

जेन जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश…

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ।

Techie IT