Techie IT
Tuesday, January 6, 2026 | मंगलबार, पुस २२, २०८२
२०८२ पुस २२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूर्वमाओवादीसँग एकता गर्ने रणनीतिमा प्रचण्ड, विप्लवसँगको वार्ता सहमतिनजिक

पूर्वमाओवादीसँग एकता गर्ने रणनीतिमा प्रचण्ड, विप्लवसँगको वार्ता सहमतिनजिक


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरुसँगको एकतालाई निकै महत्व दिएर गतिविधिहरु अघि बढाएका छन् । २०८४ को आमचुनावलाई लक्षित गरी अध्यक्ष प्रचण्डले पूर्वमाओवादीहरुसित पार्टी एकताको पहल थालेका हुन् ।

यसअघि माओवादीका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई एकताविरोधीको आरोप लाग्दै आएको थियो । तर यसपटक शर्माले विप्लवसँग एकताको प्रयास गरेका छन् । जसले एकताको सम्भावनालाई बलियो बनाएको हो । शर्माको पहलमा पुनको पनि विरोध नभएको बताइएको छ ।

शर्माले केही दिनअगाडि कपिलवस्तुस्थित विप्लवको निवासमै पुगेर माओवादी घटकबीच एकताको प्रस्ताव गरेका थिए । यसअघि पनि विप्लव माओवादीसँग पार्टी एकता गर्न चाहन्थे । शर्माले भेट्नुअघि विप्लवले प्रचण्डसँग पटक–पटक एकताबारे छलफल गरेका थिए । पछिल्लो समय माओवादीले आफ्नो धाराका दलबीच एकताबारे केन्द्रीय कमिटीबाट महत्त्वपूर्ण निर्णय लिने बताउँदै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

Techie IT