Techie IT
Saturday, August 23, 2025 | शनिबार, भदौ ७, २०८२
२०८२ भदौ ७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती

कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती


काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ।

संघले एक विज्ञप्ति जारी गरी सरकारले तोकेको दरमै हवाई टिकट बिक्री गरिरहेको अवस्थामा पनि महँगो दरमा बेचिएको भन्दै हुलहुज्जत गरिएको भन्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ। संघले विज्ञप्तीमार्फत हवाई सेवा संवेदनशील भएकाले यस खालका गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्ने हुँदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारका घटना निरूत्साहित गरिदिन माग गरेको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जानुका साथै सडक तथा सञ्चार सञ्जाल पूर्णविच्छेद भएका बेला यात्रु सेवामा अहोरात्र खटिइरहेको वायुसेवा कम्पनीका कर्मचारीमाथि यस्ता घटना हुनु निन्दनीय रहेको संघको विज्ञप्तिमा उल्लेख छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा

चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय

तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका

चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

Techie IT